Websoft University

उम्मेदबार विरुद्ध अनर्गल प्रचार गरेको आरोपमा युवा पक्राउ


श्याम राई÷उदयपुर  गाईघाट, २५ बैशाख। रातो तारा डट कम,उम्मेदबार विरुद्ध अनर्गल प्रचार गरेको उजुरीको आधारमा प्रहरीले आईतबार एक युवालाई पक्राऊ गरेको छ ।

त्रियुगा नगरपालिकाको उप–मेयर पदमा कांग्रेसबाट उम्मेदबार बनेकी सरिता राईको फोटो लागू औषध प्रयोग गरिरहेको व्यक्तिसँग जोडेर सामाजिक संजाल फेसबुकमा भ्रम फैलायको आरोपमा त्रियुगा नगरपालिका–११ बस्ने २३ वर्षिय डिकेन राई पक्राऊ परेको हो ।

पक्राऊ परेका राईले फेस बुकमा उप–मेयर उम्मेदबार राईको फोटो लागू औषध प्रयोग गरिरहेका व्यक्तिसँग जोडेर यस्ताले नगरमा कसरी लागू औषध नियन्त्रण गर्छ भन्दै सरिताले लागू औषधको प्रयोगकर्तालाई सरक्षण गरेको स्टाटस लेखेका थिए । ‘मेरो विरुद्ध बदनाम गर्ने उदेश्यले सामाजिक संजाल मार्फत भ्रम सृजना गर्न खोजियो ।’ उप–मेयर उम्मेदबार राईले भनिन् । चुनाब हार्ने भएपछि विपाक्षीबाट षडयन्त्र गरिएको उनले बताईन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. संतोष आचार्यले पक्राऊ परेका राईसँग सोधपुछ भैरहेको बताएका छन।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.