Websoft University

याम सुब्बा र संगीता चौधरीलाई जिताउनुस, इटहरीको विकासको जिम्मा मेरो ः केपी ओली


इटहरी । रातो तारा डट कम, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले याम कुमार सुब्बा र संगीता चौधरीलाई जीताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिनेवताउनुभएकोछ । इटहरीमा नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले उम्मेदवार याम कुमार सुब्बा र संगीता चौधरीलाई  जिताए इटहरीको बिकासमा वजेट र योजनाको कुनै खाँचो नहुने वताउनुभयो । ‘भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको,’ अध्यक्ष ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, याम सुब्बा मेरो प्रतिनिधि हो, मलाई हटलाईनमा सोझै सम्पर्क गर्नु हुन्छ, सोझै संवाद गर्नुहुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु ।’आगामी प्रतिनिधिसभाको चुनावमा एमालेको बहुमत आउने र एमालेको सरकार बन्ने भएकाले इटहरीमा आफुले बजेट अभाव हुन् नदिने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले द्वारिकलाल चौधरी र लक्ष्मी गौतमको कार्यकालमा इटहरीमा भएको कामको प्रशंसा गर्नुभयो । उहाँहरु अग्रमोर्चामा सरिक भएर एमाले उम्मेदवारहरुलाई जीताउन लागि पर्नुभएको जनाउदै धन्यवाद समेत दिनुभयो ।इटहरीको विकासको वाँकी कामलाई अघि वढाउन,सुन्दर र आधुनिक विकसित नमूना नगर वनाउने कामको अविभारा याम संगीताको काधमा आउन लागेको वताउनुभयो । उहाँले सूर्यध्वजावाहक उम्मेदवारलाई जीताउन इटहरीवासीलाई आग्रह गर्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.