Websoft University

जनतासंग मेयर कार्यक्रममा जनताको जवाफ नदिई गुरागाई भागे ढकालले दिए जवाफ

 


मोरङ । रातो तारा डट कम, सुन्दरहरैंचा -५ गौशाला बृन्द्धाबन  भएको जनतासंग मेयर कार्यक्रममा एमालेबाट उम्मेदबार बनेका केदार गुरागाईं जनताको प्रश्नको उत्तर नदिई  मन्चबाट बिदा लिए ।   जनताको चित बुझ्दो जवाफ नआएपछि  सहभागी स्थानीय आक्रोशित थिए।  नयाँ वृन्दावन गौशालाले आयोजना गरेका जनतासँग मेयर कार्यक्रममा सहभागीले उठाएका प्रश्नको जवाफ दिने क्रममा मंचबाट भागेको सहभागीको आरोप थियो। 

कार्यक्रम नसकिदै उनले चुनाबी माहोलको बेला ढिलो भयो भन्दै जनताका चिबुझ्दो जवाफ नदिई बाहिरिएका थिए। अर्को तर्फ भनेक  कांग्रेसका प्रत्यासी मेयर पदका उम्मेदबार शिव प्रसाद ढकालले भने सबैलाई संयमित र धेर्य बनाउदै जनताका गुनासो र प्रश्नको जवाफ दिएका थिए।  

त्यस्तै उक्त कार्यक्रमा गुरागाईले नगरपालिकामा भ्रष्ट, अनियमिता र बिकृत भएको आरोप लगाए  ।   ढकालले उनको जवाफको खण्डन गर्दै आफुले नगरपालिकाको प्रमुख पदमा रहदा अहिले सम्म कहिले अख्तियारको चिठ्ठीको सामना गर्नु परेन बताए । उनि २०७४ असार २६ गते देखि २०७९ बैशाख १२ गते सम्म  आफु जिम्मेबारी समाल्दा आजका मिति सम्म भष्ट्राचामा कोहि पनि नमुच्छिएको र कोही पनि एक झापड खाएको र कुटिएको रेकर्ड नभएको तर्क गरे।  उनले भने  घट्नै पिच्छेका  उजुरी गरे, अहिले सम्म आफ्नो कार्यकालमा कहिले अख्तियारको सामाना गर्नु परेन, न त बयानका लागि बोलाईयो। अहिले सम्म  भ्रामक र पूर्वाग्राही रुपमा मेयर गोप्य कोठा छन जस्ता आरोप लगाएर चुनाबी एजेन्डा बनाएको प्रति घोर आपति व्यक्त समेत गरे। 

गुरागाईले एक कार्यक्रमा आफुले चुनाब जितेपछि मेयरको गोप्य कोठा भत्काउछु भनेका थिए।

सुन्दरहरैंचामा एमाले अघिल्लो नेतृत्वले गरेका काम देखेर आत्तिएको ढकालको भनाई छ । ‘केदार जी मेयर भएँ भने, घरी  गोप्य कोठा भत्काउँछु भन्नुहुन्छ, घरी के भन्नुहुन्छ । उहाँहरूको बनाउने त योजनै छैन । ढकालले भने, हामीले यो अवधिमा धेरै काम गरेका छौँ । त्यसको निरन्तरता र पूर्णताका लागि पनि गठबन्धनको जीत आवश्यक छ ।’

सुन्दरहरैंचामा एमालेले मेयर पदमा केदार गुरागाईँ र उपमेयरमा अकलीदेवी चौधरी तथा गठबन्धनका तर्फबाट मेयरमा ढकाल सहित उपमेयरमा नेकपा माओवादी केन्द्रका नवराज चापागाईँ उम्मेदवार रहेका छन् । स्थानीय चुनावमा उनिहरुविच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.