Websoft University

मधेशी गैरदलित युवा र पहाडी दलित युवतीको झयाँर्ई झयाँई मागी बिबाह सम्पन्न

 


बिराटनगर । रातो तारा डट कम,सुनबर्षी (मोरङ)   । संबिधान र कानुनले दण्डनिय बनाएपनि अन्तरसमुदाय र दलित र गैरदलित विचको विवाहलाई समाजले अझै पूर्ण रुपमा पचाउन सकेको छैन । अझैपनि अन्तरसमुदाय र  अन्तरजातिय विवाह गर्ने जोडीहरुलाई घर परिवार र समाजबाट बहिष्कार गर्नेदेखी विभिन्न बहानामा छुटयाउने गरिएको छ । तर मोरङका मधेशी समुदायको गैरदलित युवा र   पहाडी दलित समुदायकी युवतीको परिवारकै सहमतीमा झयाँई झयाँई बाजा बजाएर धार्मिक रिती अनुसार भव्य रुपमा मागी विवाह भएको छ । 

मोरङको सुनवर्षी नगरपालिका २ सुगा बजारका राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा २७ बर्षिय बिरेन्द्र साह र सोही नगरपालिका ३ नम्बर वडाका रत्न दर्नाल र कल्पनादेवी दर्नाल (परियार) की जेठी छोरी २५ बर्षिय सम्झना दर्नालको बुधबार झयाँई झयाँई बाजा बनाएर धार्मिक रिती अनुसार भव्य रुपमा मागी विवाह सम्पन्न भएको हो ।

बेहुला र बेहुली दुवै परिवारको सहमतीमा पंडितले जुराएको साईत अनुसार बुधबार बैसाख २१ गते  बिरेन्द्र र सम्झनाको   विवाह लगन तय भएको थियो । यसैले बुधबार बेहुला विरेन्द्रसँगै उनका बुबा राजेन्द्र र परिवारका सदस्य अनि गाउँले र अतिथिहरु ठाँटिएर सम्झनालाई लिन जन्ती बनेर रमाउदै पुगेका थिए । आधुनिक डिजे बाजागाजा सहित नाच्दै गाउँदै आएका जन्तीलाई सम्झनाका बाबाुआमा आफन्त र गाउँलेहरुले पनि हर्षोल्लास  सहित रितपुर्वक  भव्य स्वागत गरेका थिए । 

दुबैको हिन्दु बैबाहिक बिधि अनुसार जग्गेमा पंडितले बिबाह सम्पन्न गराएका थिए । त्यसपछि बेहुला बिरेन्द्र र उनका आफन्तहरुले  हर्षोल्लास सहित सिँगारपटारले चिटिक्क सजिएकी बेहुली सम्झनालाई ल्याएर हर्षोल्लास सहित रितपुर्वक घर भित्रयाएका थिए । बेहुली घर भित्रयाएका विरेन्द्रले आज बिहिवार दिउँसो आफना साथीभाई र आफन्त र शुभच्छुकहरुलाई प्रितिभोज पनि आयोजना गरेका छन ।  र्

हामीले समाजमा परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनेर परिवारलाई सहमती गराएर केही बर्षदेखीको प्रेमलाई मागी विवाहमा परिणत गराएका हौ’ , बेहुला बिरेन्द्र र बेहुली  सम्झनाले भने । बेहुलाका बुबा राजेन्द्रप्रसादले समाजमा अझै दलित र गैरदलित भनेर जातभातको कुरा गर्नु लाजमर्दो कुरा हो  भन्दै आफुहरुले जेठा छोरोको समाजिक अन्र्तघुलनका लागि अन्तरसमुदायमा मागी अन्तरजातिय बिवाह धुमधामले गराएको बताए । सम्झनाका बाबु रत्न र आमा कल्पनाले पनि अन्तरसमुदाय र अन्तरजातिय भएपनि धुमधामले विवाह गरेर छोरीलाई बिदा गर्न पाउँदा आफुहरु  हर्षित भएको बताए । 

बेहुला विरेन्द्र पत्रकारिता र कलाकारितासँगै  समाजसेवामा पनि सक्रृय छन । बेहुली सम्झनाचाँही स्नातकतह अन्तिमबर्षमा अध्यनरत छिन । सम्झनाका बाबुआमा कृषक हुन । बिरेन्द्रका बाबु स्थानिय व्यपारी हुन ।        


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.