Websoft University

पाँच वर्षको अवधिमा कम्युनिष्ट सरकारले मुलुकको अवस्था भद्रगोल बनायो


श्याम राई÷उदयपुर गाईघाट, बैशाख २६ गते। रातो तारा डट कम,नेपाली कांग्रेसका महामंत्री गगन थापाले पाँच वर्षको अवधिमा कम्युनिष्ट सरकारले मुलुकको अवस्था भद्रगोल बनाएको बताएकाछन् ।

आफू, आफूमा टकराब, द्धन्दले गर्दा जनताले पाँच वर्ष सरकार चलाउन दिएको म्याण्डेटबीच नै  खपत भएको उनले बताए । ‘ यतिखेर शेर वहादुर देउवा छैन, केपी ओली नै प्रधानमंत्री हुनु पर्ने थियो । तर दुर्भाग्य आपसी द्धन्दले गर्दा सरकार छाड्नु मात्र हैन पार्टी नै टुक्रिएर तहसनहस भएको छ ।’ उनले भने ।

नेपाली कांग्रेस उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभामा बोल्दै उनले अब नेपाली जनताले कम्युनिष्टबाट धोका पाएकोले उनीहरुलाई जनमत नदिने बताए ।

उनले ओलीले भिर बाट खसाले माधब नेपाल र प्रचण्डलाई कांग्रेसले बचाएर साथ दिएको बताए ।‘ एकले अर्कालाई लडाउन खुट्टा ताना ताना गरे, सँगै गाडीमा चलाएर ओलीले विच बाटौमा घ्याच्च बे्रक लगाएर भिरबाट लडाउन खोजेको उनले बताए ।

उनले अहिले परमादेश, परमादेश भन्दै गर्दा देउवालाइृ प्रधानमंत्री बन्न दिनुस भनेर एमाले नेता नै लागी परेको बताए ।

‘ यो संसद कसैले जोगाउन सकेन, कांग्रेस वाहेक अरुले बचाउन सक्दैन । संविधान बचाई दिनुस भन्दै भन्दै गुहार मागेर एमाले नेताहरु लाईन लागेर बुढानिलकण्ठ गएको उनले बताए । उनले आफूले सक्ने मात्र जनतासँग प्रतिबद्धता गर्न आग्रह गरे ।‘ अहिले गरेको प्रतिबद्धता चुनाव जितेर गएपछि पूरा गर्न सकिएन भने फेरी जनताले कांग्रेसलाई कहिले विश्वास नगर्ने हुदा, सक्ने मात्र मतदातालाई आश्वासन दिनु पर्ने बताए ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.