Websoft University

आज मध्य रातिदेखि मौन अवधि सुरु


काठमाण्डौ बैशाख २७ गते । रातो तारा डट कम, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज मध्य रातिदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन हुनु ४८ घन्टा अघि चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन ऐन अनुसार आज मध्य रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा प्रचारप्रसारलगाायतका गतिविधि गर्नपाइँदैन । त्यसकारण चुनावी प्रचारका लागि आज अन्तिम दिन हो । आज पनि सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरू चुनावी सभामा सहभागी हुँदैछन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रौतहट, सर्लाही, महोतरीमा हुने सभालाई सम्वोधन गर्न जाँदै हुनुहुन्छ भने काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरा पुग्नु भएको छ । आज उहाँले अमरगढी नगरपालिका र पर्शुराम नगरपालिकामा हुने सभालाई सम्वोधन गर्ने रेडियो अमरगढीडडेलधुराले खबरपठाएकोछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि गृह जिल्ला झापा पुग्नु भएको छ । त्यहाँ हुने सभालाई सम्वोधन गरी दिउँसो काठमाडौँमा हुने सभालाई सम्वोधन गर्न आउने ओलीको निजी सचिवालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.