Websoft University

विराटनगरमा २० हजार सुकुम्बासी छन्, उनीहरूको घर नबनेसम्म मेरो बन्दैन ः सागर थापा


विराटनगर । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उम्मेदवारी दिएका सागर थापाले सुकुम्बासीको घर नबनेसम्म आफ्नोे पनि घर नबनाउने बताएका छन् । 

‘विराटनगर महानगरपालिकाभित्र २० हजार सुकुम्बासी छन् । उनीहरूसँग जग्गा छैन । जग्गाको व्यवस्थापन गरेर सुकुम्बासीलाई घर बनाइदिने मेरो प्रतिवद्धता छ,’ उनले भने, ‘म पनि सुकुम्बासी हुँ । अहिलेसम्म आफ्नोे घर नभएकाले डेरामा बसिरहेको छु । महानगरभित्रका सुकुम्बासीका लागि घर नबनाएसम्म म आफ्नोे पनि बनाउँदिन ।’ ४६ बर्से थापाले आफू गरीबको छोरो भएको र राजनीतिमा तल्लो तहबाट दुःख गरेकाले जनताको सबै समस्या नजिकबाट बुझ्ने मौका पाएको पनि बताए । 

आर्थिक रूपले विपन्न रहे पनि जनसम्पर्कका हिसाबले भने उनी धनी उम्मेदवारका रूपमा चिनिन्छन् । ‘धनका हिसाबले गरीब छु । सुकुम्बासी हुँ । न मेरो जग्गा छ । न त घर नै,’ थापाले भने, ‘तर जनसम्पर्क र सबैसँगको सम्बन्धका हिसाबमा धनी छु । विराटनगरमा लामै समयदेखि राजनीतिकअभियानमा जोडिएँ । सबैको साथ पाएर चुनाव जित्छु ।’ 

विराटनगर–४ मा डेरा लिएर बस्दै आएका उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । सबैसँग चाँडै घुलमिल हुने र मन जित्ने नेताका रूपमा थापा चिनिन्छन् । थापा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष हुन् । एमालेबाट उपमेयरमा शिल्पा निराला निराला कार्कीको उम्मेदवारी परेको छ । 

‘म भुइँ मान्छे हुँ । भुइँका सबै समस्या मैले नजिकबाट बुझेको छु । विराटनगरको मेयरमा निर्वाचित भइसकेपछि सुकुम्बासीलाई घर उपलब्ध गराउने मेरो पहिलो काम हुने छ,’ उनले भने, ‘विराटनगरलाई समृद्ध बनाउने मेरो अभियान छ । गौरवपूर्ण अभियानमा सिंगो विराटनगरको साथ खोजिरहेको छु । यसअघि महानगरको नेतृत्व गर्नेले विराटनगरको शाख गिराउने काम मात्रै गरेको देख्दा साह्रै दुःख लागिरहेको छ ।’

‘मैले चुनाव जितेपछि विराटनगरले सुकुम्बासी र डुबानको समस्या झेल्नु पर्ने छैन । यो प्रतिवद्धता पूरा गर्ने प्रण गरेकोे छु,’ थापाले भने, ‘विराटनगरलाई यहाँका बासिन्दाले व्यवस्थित र समुन्नत शहरका रूपमा देख्न पाउने छन् । विराटनगर  सुकुम्बासी समस्या र डुबानमुक्त शहर बन्ने छ ।’ यसअघिका जनप्रतिनिधिले आफूलाई शासकका रूपमा स्थापित गराएको बताउँदै थापाले भने, ‘म शासक हैन, जनताको सेवक भएर निस्कने छु । उनीहरूका हेरेक दुःखमा साथ दिने छु । विराटनगरमा सधैँ सागर थापाको खोजी हुनेअवस्थाबनाउने छु । जनताको सेवामा समर्पित भएर प्रतिवद्ध नेपालीको छोराको पहिचान बनाउन चाहन्छु ।’

उनले सम्पूर्ण महानगरवासीलाई समृद्ध विराटनगर बनाउने अभियानमा सरिक हुन आग्रह गरे । विराटनगरको विकास गर्नकै लागि आफू उम्मेदवार भएको र जनताको सेवकको रूपमा स्थापित भएर छाड्ने प्रतिवद्धता पनि थापाले जनाएका छन् । उनले विराटनगरको शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सडक, खानेपानी, सरसफाई तथा ढल निकास, सुरक्षित आवास र सामाजिक विकासलाई प्राथमिकतामा राखेको बताए । 

वातावरण संरक्षण, पार्क निर्माण, सूचना र सञ्चार, सडक सुरक्षा युवा तथा रोजगारी, खेलकुद तथा शारीरिक सुगठन, शहरी कृषि विकास, उर्जा र औद्योगिक विकास, विज्ञान तथा प्रविधि, लघु उद्योग र बजार विकास, साहित्य, कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन, सुशासन र पारदर्शिता, बाह्य सम्बन्धलाई विशेष जोड दिने थापाको प्रतिवद्धता छ । ‘जनप्रतिनिधिले सेवक बनेर सामाजिक जागरण र विकासका अभियान्ताको रूपमा काम गर्नुपर्छ,’ उनले भने, ‘वृहत गुरुयोजना बनाएर व्यवस्थित, विकसित र वातावरण मैत्री बनाउँदै प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकारका संरचनालाई व्यवस्थित ढंगबाट निर्माणका लागि आवश्यक पहल तथा सहजिकरण गर्ने छु ।’

स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेले विराटनगरमा चुनावी अभियान चलाइरहेको छ । एमालेले आफ्नोे प्रतिवद्धता पनि सार्वजनिक गरिसकेको छ । ‘प्रतिवद्धता र चुनावी एजेण्डा बुझाउन अहिले हामी सक्रिय छौँ,’ थापाले भने, ‘एमालेप्रतिको विश्वास र जनलहरले चुनाव सहजै जितिन्छ भन्ने आत्मविश्वास बढेको छ ।’ उनले मतदाता भेटघाट तथा घरदैलोसँगै महानगरमा मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिए । 

थापाले कुनै पनि शंका नगरिकन निःशन्देह एमालेलाई सहयोग गर्न विराटनगरका बासिन्दालाई आग्रह गरेका छन् । थापाले लामै समयदेखि विराटनगरमा चुनाव लक्षित कार्यक्रमहरू गरिरहेका थिए । सबैसँग परिचित र सामान्यभन्दा सामान्य मतदाताको पनि सहज पहुँचमा पुग्नसक्नु उनको सवल पक्ष हो । थापालाई जिताउनका लागि एमाले नेता विनोद ढकाल नेतृत्वको निर्वाचन परिचालन कमिटीले सक्रियतापूर्वक काम गरिरहेको छ । 

थापाले २०४९ सालबाट विद्यार्थी राजनीति शुरु गरेका हुन् । उनी प्रदेश १ मा विद्यार्थी राजनीतिको केन्द्र मानिने विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा दुईपटक स्ववियू सभापति निर्वाचित बने । २०६० सालमा स्ववियू सभापतिमा थापा निर्वाचित हुँदा सचिवमा नेविसंघबाट विराटनगरका निवर्तमान मेयर भीम पराजुली विजयी भएका थिए । २०६६ सालमा एमाले मोरङको जिल्ला सदस्य बनेर थापा पार्टी राजनीतिमा आएका हुन् । 

२०६२–०६३ को आन्दोलनमा २८ दिन जेल परेका उनी अहिलेसम्म कुनै लाभको पद नलिएको उम्मेदवारका रूपमा परिचित छन् । उनीविरुद्ध सत्तारुढ ५ दलीय गठबन्धन चुनावी मैदानमा छ । गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर र जसपाका अमरेन्द्र यादव (उपेन्द्र यादवका छोरा) उपमेयरको उम्मेदवार छन् । विराटनगरको मेयरमा १३ जनाको उम्मेदवारी परेको छ । 

सत्तारुढ गठबन्धनभित्रको जसपा र माओवादीबाट मेयर र उपमेयरमा विद्रोही उम्मेदवार उठेका छन् । जसपा परित्याग गर्दै उमेश यादवले मेयर र माओवादीकी नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । ‘लालटिन’ चुनाव चिन्ह पाएका यादव र न्यौपानेले गठबन्धनकै भोट काट्ने अनुमान छ । 

एमालेको प्रतिस्पर्धी मानिएको सत्तारुढ गठबन्धन भने आन्तरिक किचलोमा फसेको छ । एकअर्काप्रति अविश्वासको खाडल बढेको छ । एउटै मञ्चमा बसेर भाषण गर्दा पनि गठबन्धनका नेताहरूबाट फरक–फरक कुराआउने गरेका छन् । असन्तुष्टिका स्वर गुञ्जिने गरेका छन् ।

उपमेयरमा उपेन्द्रका छोराको उम्मेदवारी, महिला उम्मेदवारविहीन गठबन्धन, निष्प्रभावी चुनावी तालमेल, कांग्रेसभित्रको गुटगत राजनीतिको प्रभाव, अपारदर्शी टिकट वितरण र स्वतन्त्र उम्मेदवारीले गठबन्धनभित्र असन्तुष्टि चुलिँदा त्यसको फाइदा थापालाई पुग्ने आंकलन गरिएको छ । गठबन्धनभित्रको लडाइँको फाइदा एमालेलाई पुग्नसक्ने राजनीतिक विश्लेषक शान्तिराम भण्डारी बताउँछन् । ‘सत्तारुढ गठबन्धनभित्रको खटपट र कांग्रेसभित्रको प्रतिकूल अवस्था एमालेका लागि अनुकूल हुनसक्छ,’ उनले भने, ‘त्यहाँमाथि गठबन्धनबाट प्रभावशाली नेताहरू ‘बागी’ उम्मेदवार छन् ।’



मौनावधि नजिकिदै गर्दा चुनावी प्रचार अभियानमा तीव्रता

शासक होइन, जनताको सच्चा सेवक भएर काम गर्ने उम्मेदवारहरूको प्रतिवद्धता  

विराटनगर । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मौनावधि नजिकिदै गर्दा उम्मेदवारहरूले आफ्नो निर्वाचन प्रचारलाई तीब्रता दिएका छन् । सोमवार विराटनगरमा विभिन्न राजनीतिक दलहरूले निर्वाचनकेन्द्रित कोणसभा, आमसभा लगायत आन्तरिक परामर्शलाई घनिभूत बनाएका छन् । स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो प्रचारलाई प्रभावकारी तुल्याउने सन्दर्भमा माइकिङ् पम्प्लेटिङ र विभिन्न क्षेत्रसम्वद्ध र सर्वसाधारण मतदातालाई भेटेर मतदानका लागि अनुनय विनयन गरिरहेका छन ।

यसै सन्दर्भमा नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले विराटनगर वडा नं. ४ खार्जीमा आयोजित भेलालाई सम्वोधन गर्दै आपूm र आफ्ना टिमका उम्मेदवारलाई मतदानका लागि जनतासमक्ष आग्रह गर्नुभयो ।

आफ्ना प्रतिवद्धता र कार्ययोजनाहरू दोहो¥याउँदै उहाँले विराटनगर महानगरलाई देशकै ‘नमूना महानगर’ बनाउने दृढता व्यक्त गर्नुभयो । विराटनगरको ऐतिहासिक विरासत फिर्ता गराउन सम्वद्ध सबैको साथ लिएर महानगरको समग्र विकास गर्नका लागि आफू र आफ्नो टिम चुनावी मैदानमा उत्रिएकारे थापाको भनाई थियो ।

मेयरका उम्मेदवार, थापाले सोमवार नै विराटनगर–११ स्थित लङ्का टोलमा आयोजित जनभेलालाई सम्वोधन गर्दै समुन्नत विराटनगर र सुखी विराटनगर बनाउने आफ्नो सपनालाई साकार बनाउन सम्पूर्ण महानगरवासी जनसमुदायको सहयोग चाहिएको धारणा राख्नुभयो । 

आफू विराटनगरको मेयरमा निर्वाचित भएपछि ‘शासक होइन, जनताको सच्चा सेवक’ का रुपमा काम गर्ने सङ्कल्प पस्तुत गर्नुभयो । आदिवासी, जनजाति, मधेसी, मुस्लिम, पछिपरेका जनसमुदायहरू, गरीव, मजदुर, किसानका समस्यालाई आपूmले राम्रोसँग बुझेको बताउँदै ती क्षेत्र समुदायको भावनालाई सम्मान गर्दै नगर क्षेत्रको समग्र विकास र नगरवासीको हित प्रवद्र्धनमा लागि पर्ने उहाँको भनाई थियो । 

विराटनगरको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, साहित्य, पत्रकारिता, उद्योग व्यावसाय लगायतमा तत्तत् क्षेत्रका व्यक्तिहरूसँगको परामर्श र समन्वयमा सबैलाई समेटेर सम्वद्ध सबै विधाको हित र उत्थानका लागि इमान्दारीपूर्वक लागि पर्ने बचनवद्धता प्रकट गर्नुृभयो ।

महिला बालबालिका ज्येष्ठनागरिक, युवा क्षेत्रका समस्या, चुनौती र सम्भावनालाई ध्यानमा राखेर आफूले बनाएको कार्ययोजना सन्तुलित विकासको अवधारणासँग मेलाखाने भएकाले त्यही कार्ययोजनाका माध्यमबाट विराटनगरको समृद्धि र विकासको खाका कोर्ने थापाले बताउनुभयो ।

आजै मेयरका उम्मेदवार थापाले विराटनगरको दक्षिणी क्षेत्र वडा नं. १५ रानीका मतदाताहरूबीच पनि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दे मतदानका लागि आग्रह गर्नुभयो । थापाले स्थानीय खेलाडीहरूसँग कुरा गर्दै आफू विजयी भएपछि समग्र युवाको हित रक्षार्थ लागि पर्ने बचनवद्धता प्रकट गर्नुभयो । आफूले दुई कार्यकाल महेन्द्र मोरङ क्याम्पसको स्ववियूको नेतृत्व गरेको स्मरण गर्दै उहाँले युवा विद्यार्थी, खेलाडी, बेरोजारी सबैका भावनालाई राम्रोसँग सम्वोधन गर्ने बचनवद्धता प्रकटा गर्नुभयो । 

आजै अपरान्ह विराटनगरका विभिन्न वडा केन्द्रित कोणसभा र भेलाहरूलाई सम्वोधन गर्दैै मेयरका उम्मेदवार थापा र उपमेयरका उम्मेदवार शिल्पा कार्कीले आफूहरूले विराटनगर महानगरपालिकाको नेतृत्व पाएपछि जनताको सच्चा सेवक भएर काम गर्न आफूहरूलाई मतदान गर्न सहभागी नगरवासीलाई अनुरोध गर्नुभयो ।


विराटनगरलाई महिला बालबालिका, ज्येष्ठनागरिक र युवामैत्री नगर बनाउने शिल्पाको अठोट

विराटनगर । नेकपा एमाले विराटनगरकी उपमेयरकी उम्मेदवार शिल्ला निराला कार्कीले विराटनगरका महिला तथा बालकालिकाका लागि गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने बताउनुभएको छ । 

सोमवार विराटनगर वडा नं. ८ मा आयोजित कोणसभामा बोल्दै एकजना महिला शिक्षित भए परिवार शिक्षित हुने, परिवार शिक्षित भए समाज शिक्षित हुने र समाज शिक्षित भएपछि देशै शिक्षित हुनेभएकाले महिला शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो । 

आफू विराटनगर महानगरपालिकाको उपमेयरमा विजयी भएपछि महिलाका लागि सुशिक्षा र न्यायमा पहुँच सहज गराउने कुरामा प्राथमिकता दिने उपमेयर कार्कीको जोड दिनुभयो । 

त्यसैगरी महिलालाई स्वास्थ्यमा सहज पहुँच बनाउनका लागि योजना बनाएर लागिपर्ने उहाँको अठोट थियो । अहिले पनि समयमा उचित स्वास्थ्य सेवा पाउन नसकेर कतिपय महिला दिदी वहिनीहरूले ज्यानै गुमाउनुपर्ने अवस्या रहेको उल्लेख गर्दै विराटनगरमा एमालेको नेतृत्व स्थापित भएपछि नगरका सबै महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट बञ्चित हुन नदिने प्रतिवद्धता प्रकट गर्नुभयो । 

उपमेयरका उम्मेदवार कार्कीले शिक्षा र स्वास्थ्यका साथै महिलालाई आर्थिक सबलताका लागि पनि महानगरपालिकाले विशेष कार्ययोजना बनाएर सेवाको अवसर प्रदान गर्ने बताउनुभयो ।

त्यसैगरी नगरक्षेत्रका उहाँले सबै समुदायका बालबालिकाहरूको शिक्षा र स्वास्थ्यमा पहुँच स्थापित गर्दै कसैले पनि आधारभूत तहको शिक्षा तथा स्वास्थ्य सेबाबाट बञ्चित हुन नपर्ने वातावरण सिर्जना गर्ने आफ्नोे अठोट व्यक्त गर्नुभयो । 

एमालले विगतदेखि नै ज्येष्ठनागरिकमैत्री कार्ययोजना बनाएको तथ्य उद्धृत गर्ने कार्कीले महानगरपालिकालाई पनि ज्येष्ठनागरिक मैत्री नगर बनाउने आफ्नो कार्ययोजना सुनाउनुभयो । 

वैशाख ३० गतेको निर्वाचन जितेर महानगरपालिकामा प्रवेश गरेसँगै सरोकारवाला व्यक्ति तथा निकायहरूसँग परामर्श गरी ज्येष्ठनागरिकका लागि विशेष सेवाका कार्यक्रम ल्याउने बचनबद्धता प्रकट गर्नुभयो ।

विराटनगरका हरेक वडाहरूमा ज्येष्ठनागरिक चौतारी निर्माण गर्ने, दिवाश्रम तथा भजनर्कितन लगायतका मनोरञ्जनात्मक तथा धार्मिक भेला आयोजना हुने सहज ठाउँको व्यवस्था गर्ने योजना कार्कीले जनतालाई सुनाउनुभयो ।

युवाहरूका लागि युवा सशक्तिकरण कार्यक्रम, रोजगारीको समुचित व्यवस्था, दुव्र्यसनी न्यूनिकरण कार्यक्रममा विशेष ध्यान पु¥याउने लगायत नगरका वेथितिहरूमा सुधार गरी समुन्नत नगर बनाउन प्रतिवद्ध हुने उहाँले बचनवद्धता प्रकट गर्नुभयो ।

सोही कोण सभामा ८ नं. वडाका वडाध्यक्षका उम्मेदवार राम पोखरेल र वडा नं. १० वडाध्यक्षका उम्मेदवार अर्जुन गिरीले पनि आफ्नो वडाको विकासका लागि आपूmले अघिसारेका कार्ययोजनाहरू जनतालाई सुनाउनुभयो ।

उहाँहरू डुवानका समस्या समाधानमा पहल गर्ने, फोहरमैला व्यवस्थापनमा ध्यान दिने, बाटोघाटो, खानेपानी, शिक्षा स्वास्थ्यका क्षेत्रमा सुधार गरी जनताका हरेक समस्याहरूमा साथ दिने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरे, जिल्ला अध्यक्ष ऋषिकेष पोखरेल लगायतका नेताहरू उम्मेदवारहरूलाई साथ दिनुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.