Websoft University

कार दुर्घटनामा घाइते चापागाईको उपचारका क्रममा मृत्यु


गाईघाट –४ जेष्ठ । रातो तारा डट कम,उदयपुरगढी गाउपालिका –६ नेपालटार दनुवारबेसी को बैधनाथ खोलाको पक्कीपुल  स्थित मदन भण्डारी  राजमार्गमा मंगलबार राती भएको कार दूर्घटनामा एक जनाको मृत्यु भएकोछ । साथै अन्य चार जना घाइते भएकाछन् । विरगञ्ज देखी विराटनगर तर्फ आउदै गरेको वा ० २५ च ७८१९ नम्वरको कार आफै अनियन्त्रीत भएर सडक देखी झन्दै १५÷२० मिटर तल खोल्सीमा खस्दा विराटनगर महानगरपालिका वडा.न. ५ चादनीचौक बस्ने ३४ बर्षिय डेविट भन्ने देवेन्द्र चापागाईको जिल्ला अस्पताल ै उदयपुरमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ। दूर्घटनामा चालक विराटनगर महानगरपालिका –५का ३१बर्षिय बिशाल राया, सोही ठाउका बर्ष २३ का सुजन खत्री, २७ बर्षिय सागर श्रेष्ठ र बर्ष ३५ को सुरज पौडेलको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि संतोष आचार्यले बताए । मृतक को शव जिल्ला अस्पतालमा राखीएको छ । पोष्टमार्टम पछि आफन्त लाई शव बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.