Websoft University

स्वतन्त्र उम्मेद्वारलाई पाटीका नेताहरुले दबाब वा प्रभाव पार्न थाले पछि आयोग बोल्यो ? व्यसो नगर्न आग्रह ।


काठमाण्डौ बैशाख २२ गते । रातो तारा डट कम, निर्वाचन आयोगले स्वतन्त्र उम्मेद्वारहरूलाई कुनै पनि किसिमको डर, धम्की वा दबाब प्रभावमा नपार्न फेरि आग्रह गरेको छ । ५ दलिय सत्ता गठबन्धन तथा ठूला राजनितिक दलका विरुद्ध स्वतन्त्र रूपमा उम्मेद्वारी दिएर चुनाव प्रचार प्रसारमा रहेका उम्मेद्वारहरूलाई विभिन्न प्रभावमा पारेर उम्मेद्वारी निष्क्रिय पार्ने प्रयास भइरहेको भन्दै त्यसो नगर्न आयोगले बारम्बार सचेत गराउँदै आएको छ । निर्वाचनमा मत हाल्नु मात्रै होइन, उम्मेद्वार बन्न पाउनु पनि नागरिक अधिकार रहेकाले कसैले पनि नागरिक अधिकार हनन् गर्न नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो । काठमाडौंमा भएको एउटा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेद्वार कोही ठूलो र सानो नहुने भएकाले फरक व्यवहार नगर्न आग्रह गर्नुभयो । निर्वाचन आयोले यसअघि पनि पटक पटक स्वतन्त्र उम्मेद्वारहरूलाई कुनै पनि किसिमको दबाब नदिन आग्रह गरिसकेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.