Websoft University

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने


काठमाण्डौ जेठ १० गते । रातो तारा डट कम, आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम संसद भवनमा आज प्रस्तुत हुने भएको छ । सरकारका तर्फबाट सङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र लोकप्रिय कार्यक्रमहरूमा बढी केन्द्रीत हुने भएको छ । यही नीति तथा कार्यक्रमका आधारमा आगामी १५ जेठमा बजेट संसदमा पेश हुनेछ । नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, कृषि र उद्योग प्रर्वद्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले सम्बोधन गर्ने तयारी छ ।  अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने, आगामी आर्थिक वर्षमा साधाराण (चालु) खर्चमा २० प्रतिशतसम्म कटौती गर्ने तयारी छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.