Websoft University

विराटनगर वडा नम्बर ६ मा जेरिएटिक (जेष्ठ नागरिक) अस्पतालको आज शिलान्यास भयो


विराटनगर जेठ ९ गते। रातो तारा डट कम, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ६५ वर्षमै बृद्ध भत्ता दिनु चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।  


सो कुरा विराटनगर वडा नम्बर ६ मा जेरिएटिक (जेष्ठ नागरिक)  अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीको ३० प्रतिशत तलव बढाउने निर्णय र ६५ वर्षमै बृद्ध भत्ता दिने निर्णय आर्थिक हिसाबले चूनौतिपूर्ण रहेको बताउनुभएको हो । 

कोइरालाले मूल्यवृद्धि सर्वसाधारण जनताले धान्नै नसक्ने सीमामा पुगेको बताउनुभयो  । कोइरालाले जवाफदेहिता र परदर्शीता नहुँदा देशमा भ्रष्टाचारको चरम सिमामा पुगेको बताउनुभयो । उहाँले भर्खरै निर्वाचन जितेका स्थानिय तहका प्रमुखहरूलाई  भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।                           


विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्पताल निर्माणका लागि विराटेश्वर बृद्धआश्रमले गरेको प्रयासलाई सार्थक बनाउन विराटनगर महानगरपालिकाले सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताउनुभयो  । 

विराटेश्वर बृद्ध आश्रमका संस्थापक जगत अर्यालले ५ रुपैयाँ संकलन अभियानबाट बृद्धआश्रम तयार गर्न सफल भएको अनुभव आफूसँग रहेकाले विराटनगरमा जेष्ठ नगारिकका सबैखाले स्वास्थ्यको उपचार गर्न सकिने (जेरिएटिक) अस्पताल पनि चाँडै निर्माण हुने बताउनुभयो । बर्खा सकिएलगत्तै अस्पतालको भौतिक पूर्वाधार निर्माण सुरू गरिने अर्यालले जानकारी दिनुभयो । एक बिघा क्षेत्रफलमा ३० करोडको लागतमा निर्माण हुने अस्पतालमा सुरूमा १५ बेडबाट सेवा प्रारम्भ गरिनेछ । त्यस्तै आवश्यकताअनुसार बेड र सेवा विस्तार गर्दै लैजाने योजना रहेको  अर्यालले बताउनुभयो । स्वर्गीय शंकर अधिकारीको स्मृतिमा उनका परिवारले विराटेश्वर बृद्धआश्रमलाई विराटनगर–६ स्थित व्रह्मपुरामा प्रदान गरेको एक बिघा जग्गामा शंकर अधिकारी स्मृति जेरिएटिक अस्पताल निर्माण सुरू गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.