Websoft University

‘युवाको नेतृत्व गर्ने एमाले नै हो - वडा १५ को घरदैलो कार्यक्रम हुदै’


धरान । रातो तारा डट कम, निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेले आफ्ना उम्मेदवार सहितको घरदैलोलाई तिब्रता दिइरहेको छ । धरानका विभिन्न वडामा मेयर र उपमेयरको उम्मेदवार सहित वडाअध्यक्षको उम्मेदवार र सदस्यहरु घरदैलोमा व्यस्त छन् ।

यसै बिच धरान वडा नम्बर १५ मा भएको घरदैलोका क्रममा नेकपा एमालेले युवाहरुलाई  सक्षम र सवल बनाउन विभिन्न कार्यक्रमहरु संचालन गरेकाले सबै युवाहरुको आफ्नो पार्टी भनेको नै एमाले रहेको स्थानीय युवाहरु बताउँछन् । वडामा भुगोलमा रहेका युवाहरु अहिले सक्रिय रुपमा एमाले जिताउन लागि परेका छन् । एमालेले युवाहरुलाई स्वरोजगार तालिम दिदै हरेक क्षेत्रमा युवालाई प्राथमिकतामा राखेकाले एमालेलाई नै भोट दिनुपर्ने धरान १५ का युवा नेता कुमार भारती बताउँछन् । निर्वाचनमा पनि एक वडा एक युवा नारालाई लिएर अघि बढेको उनको भनाई छ । उनी भन्छनत्, ‘हरेक क्षेत्रमा युवालाई अघि सारेको छ त्यसैले युवाहरुका लागि एमालेनै उपयुक्त पार्टी हो । सबैले एमालेलाई नै भोट हाल्नका लागि पनि आग्रह गर्दछु ।’ 

एमालेलाई नै मत माग्दै घरदैलोमा खटिएका नेकपा एमालेका धरान १५ वडा कमिटीका अध्यक्ष तथा पुर्व जनप्रतिनिधी ज्ञानेन्द्र बस्नेतले वडाको पुर्वाधार विकाशमा धरानका २० वटै वडा मध्ये उत्कृष्ठ काम गरेको बताउँछन् । वडाको प्रत्येक टोलहरुमा पिच सहितको सडक विस्तार भएको उनको दाबी   छ । उनी भन्छन्, ‘वडामा एमालेले जितेको ५ वर्षमा धेरै भौतिक पुर्वाधार विकाशको कामहरु गरेको छ, वडाको प्रत्येक टोलहरुमा सडक बिस्तार भएको छ । उत्साहका साथ एमालेको पक्षमा लिनका लागि घरदैलोलाई तिब्रता दिएका छौं ।’ 

धरान वडा नम्बर १५ को हरेक विकाशको काममा जनताको अपेक्षा अनुसार मसिनो तरिकाले सम्बोधन गरेको उनको भनाई छ । उनले भने, ‘७४ साल अघि पिच सडकमा मर्निङ वर्क गर्न १३ नम्बर वाड पुग्नुपर्ने अवश्था थियो, अहिले सबै टोलहरुमा सडक पिच बनेको छ ।’ वडाअध्यक्षका उम्मेदवार नरेश इवारुमको नेतृत्वमा भएको टोलिले महिला, लगायत लक्षित वर्गको चाहना अनुसार काम गरेको उनको भनाई छ । ५ वर्षमा पुरा गर्न नसकेका कामहरु हाम्रै नेतृत्वमा पुरा गर्नु पर्छ भनेर पुनः इवारुमलाई वडाअध्यक्षमा अघि सारेको उनले बताए । सिक्ने र सिकाउने प्रक्रियालाई अघि बढाउँदै नयाँ जनप्रतिनिधीलाई यस पटकको निर्वाचनमा अघि सारेको उनले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.