Websoft University

एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु चुनाव प्रचारप्रसारमा सक्रिय


बिराटनगर बैशाख  २१ गते । रातो तारा डट कम,   यही  बैशाख  ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् । ७ वटा वडा रहेको बूढीगंगा गाउँपालिकामा अहिले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु आफ्ना चुनावी नाराका साथ अघि बढेका छन् । बूढीगंगा गाउँपालिका वडा–४ का युवा सागर बराल अहिले मतदाताको बीचमा आफ्ना चुनावी एजेण्डासहित गएको बताउँछन् । उनलाई सबैको साथ रहेको उनले सुनाए । 


आफ्नोजस्तो चुनावी एजेण्डाहरु अरुको नरहेकोले सबैले आफूलाई सहयोग गर्नेमा उनी विश्वस्त छन् । बूढीगंगाका युवा र जुझारु युवा सागर बरालको पक्षमा युवा, महिला, ज्येष्ठ नागरिकसहित मुस्लिम, पहाडे, थारु समुदाय र विभिन्न जातजातिको साथ रहेको उनी निकटका नेता कार्यकर्ताहरुले बताएका छन् । 

उनीसँगै वडा सदस्यको दौडमा रहेका महिला सदस्य मञ्जु बुढाथोकी, चानोदेवी ऋषिदेव, चिरञ्जीवी सरदार र मोहम्मद नुर आलम पनि सोही दौडमा छन् । सागरको नेतृत्वमा हिँडेको यो टोलीले सबै टोलहरुमा घरदैलो सकेर अब आन्तरिक भोटघाट र वडा भेलामा केन्द्रित रहेको बूढीगंगा–४ का बिष्णु अधिकारीले जानकारी दिए ।

वडा अध्यक्षमा युवा नेतृत्व आएपछि बराललाई जिताउन कुनै पार्टीपनि नभनी मतदान गर्ने मतदाताको भनाई छ । उनले आफू निर्वाचित भएर आएपछि नागरिकसँग सँधैसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचित भएपछि बूढीगंगा ४ मा निम्न कामहरु गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।

माओवादी छोडेर ४२ एमाले प्रवेश

मोरङको ग्रामथान गाउँपालिका–१ मा माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको चुनावी अभियानअन्तर्गत माओवादीका ४२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा संजय राजवंशी, कमल राजवंशी, दीप राजवंशी, विक्रम राजवंशी, अजय राजवंशी, भुराज राजवंशी, साजन ऋषिदेव, विजय राजवंशी, सविन माझी, ओम राजवंशी, मुकेश माझी र विहालाल माझी रहेका छन् ।

लखन्तरीमै माओवादीका पूर्वजनमुक्ति सेनामा रहँदा ३ वर्ष जेल बसेका प्रह्लाद रायसहित ३० जना माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

मुस्लिम समुदायसँगै मनाए थापाले पनि इद

नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै विराटनगमा इद पर्व मनाएका छन् । 

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा सोमबार विराटनगर–९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाएका हुन् ।

सो क्रममा मेयरको प्रत्यासी थापाले सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको सम्मान र मुस्लिम समुदायको उत्थानमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.