Websoft University

ज्येष्ठ नागरिक भवन बनाउन व्यक्तिगत १ लाख दिने मेयरको घोषणा


विराटनगर जेठ १० गते । रातो तारा डट कम, विराटनगरमहानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका छन् । 


विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकहरूभित्र अनुभव र ज्ञानको भण्डार हुने बताए । “हरेक क्षेत्रले ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई आत्मसाथ गरेर अगाडि बढे पक्कै पनि विकास हुनेछ,” कोइरालाले भने, “ज्ञान हासिल गर्न पुस्तक पढिरहनु पर्दैन, ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई मात्रै ग्रहण गर्ने हो भने धेरै कुरा सिक्न र बुझ्न सकिन्छ ।” उनले ज्येष्ठ नागरिकलाई प्रेरणाका स्रोतका रुपमा पनि चित्रण गरे । 

कोइरालाले केही हप्ताभित्रै विराटनगरवासीले परिवर्तनको महसुस गर्ने गरी काम गर्ने बताए । सबैभन्दा पहिला महानगरलाई भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही बनाउने उनको उद्घोष थियो । जनप्रतिनिधिहरू जनताको सेवक भएको बताउँदै विराटनगरका जनताले केही हप्तामै महसुस गर्ने गरी काम गर्ने उनको भनाइ थियो ।  

भवन निर्माणका लागि उनले व्यक्तिगत एक लाख रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरे । ११ नम्बर वडाका नवनिर्वाचित वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले ज्येष्ठ नागरिक सेवा भवनलाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउँदै लग्ने प्रतिबद्धता जनाए । उनले पठनपाठनका लागि पत्रपत्रिकासहित पुस्ताकालय स्थापना गर्नेसमेत जानकारी दिए । अध्यक्ष न्यौपानेले ज्येष्ठ नागरिकहरूका लागि दिवा खाजाको समेत व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नवनिर्वाचित वडा सदस्य कृष्ण भट्टराई, समाजसेवी चिरञ्जीवी दाहाल, नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेत, आयोजक संस्थाका अध्यक्ष ललित श्रेष्ठ, कोषाध्यक्ष भरत कार्की, इन्द्र खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाले नवनिर्वाचित मेयर कोइराला, उपमेयर शिल्पा कार्की, वडासदस्य गायत्री थापा, बलराम कारञ्जित, कृष्ण भट्टराई, गेनादेवी पासवानलगायतलाई माला, टिका लगाएर सम्मान गरेको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.