Websoft University

सुन्दरहरैंचाको मेयरमा नेकपा एमालेका केदारप्रसाद गुरागाईँ र उपमेयरमा अकली चौधरी विजयी


मोरङ । रातो तारा डट कम, सुन्दरहरैंचाको मेयरमा नेकपा एमालेका केदारप्रसाद गुरागाईँ र उपमेयरमा अकली चौधरी विजयी

बैशाख ३० गते भएको स्थानीय तह अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार नेकपा एमालेका केदारप्रसाद गुरागाईँ निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचाका अनुसार गुरागाईँले २१४०५मत ल्याउँदा नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २०६७८ मत ल्याएका छन् । त्यसैगरी गठबन्धनका उम्मेद्वारसहित अन्य ७ जना उम्मेद्वारलाई पछि पार्दै नेकपा एमालेबाट उम्मेद्वार बनेकी अकली चौधरी सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी छिन् । चौधरीले २२४५२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेद्वार नवराज चापागाईँले ११३०० मत ल्याए ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेद्वार सुमित्रा बस्नेतले २२४९ र नेकपा एकीकृत समाजवादीका उम्मेद्वार महेशकुमार आचार्यले १०२३ मत ल्याए ।

स्वतन्त्र उम्मेद्वार कमलादेवी अधिकारीले २९१, मंगोल नेशनल अर्गनाइजेशनकी सानी राईले १२०, विवेकशील साझाकी सन्ध्या दाहालले १११ र स्वतन्त्र उम्मेद्वार मानबहादुर सार्कीले १ मत ल्याए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.