Websoft University

१०८ मत बढी फेला परेको बिषयमा अनुसन्धान सुरु


बिराटनगर जेठ ८ गते । रातो तारा डट कम, रंगे्गेलीमा मतगणनाको क्रममा मुचुल्का उठाइएको भन्दा १०७ मत बढी फेला परेपछि सुरु भएको विवादबारे अनुसन्धान सुरु गरिएको छ । रंगेलीको वडा नम्बर ७ मा ३ हजार २४२ मत खसेको मुचुल्कामा उल्लेख छ ।

तर ३ हजार ३ सय ५० वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो । मुचुल्का उठाइएको भन्दा १०८ मत बढी कसरी आयो भन्ने विषयमा प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले अनुसन्धान सुरु गर्नुभएको हो । 

त्यसमा केन्द्रीय अनुगमन समितिका संयोजक दीर्घराज मैनाली पनि रहनुभएको छ । मुचुल्काको विषयमा सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले खटाएको टोलीबाटै अनुसन्धान सुरु गरेको आयोग जनाएको छ । मुचुल्कामा कुरा नमिल्दा दुई दिनदेखि रंगेलीमा मतगणना रोकिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.