Websoft University

४० दिनका लागि भर्ना भएका १ लाख म्यादी प्रहरीका लागि अर्थ रकम बिनियोजन गर्यो


काठमाण्डौ बैशाख ३० गते । रातो तारा डट कम, निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीका लागि सरकारले चार अर्ब ३४ करोडभन्दा बढी रकम विनियोजन गरेको छ । निर्वाचन अवधि अर्थात् ४० दिनका लागि भर्ना भएका १ लाख म्यादी प्रहरी देशैभर खटिएका छन् । सरकारले म्यादी प्रहरीको सेवा सुविधाका लागि प्रतिव्यक्ति ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ र पोसाक भत्ता ६ हजार रुपैयाँ तोकेको छ । म्यादी प्रहरीको सेवा अवधिमा निधन भएमा २० लाख रुपैयाँ राहतस्वरूप परिवारलाई दिइने सरकारले निर्णय गरिसकेको छ । नेपाली सेना र राष्ट्रिय अनुसन्धान केन्द्रका लागि पनि भत्ताकै लागि दुई अर्ब २९ करोड रूपैयाँभन्दा बढी रकम छुट्याइएको अर्थले उल्लेख गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.