Websoft University

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपाल पत्रकार महासंघले बिभिन्न कार्यक्रमहरु गरेर आज मनाउदै,


काठमाण्डौ बैशाख २० गते । रातो तारा डट कम, विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज बिहानै देखि मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहद्वको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ को मे ३ देखि संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो । प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्ने उदेश्यले विभिन्न कार्यक्रमहरू नेपालमा पनि गर्दै आएको पाइन्छ । दिवसको अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ । उहाँले संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै समग्र प्रेस जगतले राज्यका तीनवटै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले निर्वाह गरिरहेको भूमिकाको सुक्ष्म निगरानी र खबरदारी गर्दै आएको उल्लेख गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.