Websoft University

चुनावमा उम्मेदवारी दिएका कांग्रेस कार्यकर्तालाई पाटीले निष्क्रिय गराउन खोजे पनि बागी उम्मेदवार र कार्यकर्ताहरु निष्क्रिय हुन मानेनन् ।


काठमाण्डौ बैशाख २० गते । रातो तारा डट कम, स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन नमानेका उम्मेदवारहरूलाई आजसम्म उम्मेदवारी निष्क्रिय गराउन नेपाली काँग्रेसले निर्देशन दिएको छ । पार्टीका आधिकारीक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवारी दर्ता गराएका तथा उम्मेदवारको प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यको सदस्यता स्वतः समाप्त भई पार्र्टीबाट निष्काशित हुने बताउँदै आएको काँग्रेसले पुर्नविचार गर्न अनुरोध गरेको छ । काँग्रेसले हिजो एक विज्ञप्ती जारी गर्दै वागी उम्मेदवारसहित प्रस्तावक र समर्थकहरूलाई आजसम्म आफ्नो उम्मेदवारी प्रति पुर्नविचार गर्दै सार्वजनिक वक्तव्यमार्फत उम्मेदवारी निस्क्रिय गरी आधिकारिक उम्मेदवारका पक्षमा लाग्न निर्देशन दिएको छ । आजसम्म पार्टीको निर्देशन मान्दै प्रतिबद्धता जनाउनेलाई पार्र्टी विधान बमोजिम हुने कारबाहीमा केन्द्रले आवश्यक प्रक्रिया पु¥याई पुर्नविचार गर्न सक्ने काँग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.