Websoft University

आज भइरहेको स्थानीय तहको निर्वाचनमा जनताको उत्साजनक सहभागितारहेको छ–मतदान शान्तिपुर्ण भइरहेकोछ ।


बिराटनगर बैशाख ३० गते । रातो तारा डट कम, आगामी पाँच वर्षको लागि जनप्रतिनिधि छनोट गर्न आज बैशाख ३० गते सुक्रबार देशभरका ७ सय ५३ वटै स्थानीय तहमा बिहान ७ बजेबाट बेलुका ५ बजे सम्मका लागि मतदान उत्सा जनकरुपमा मतदान भइरहेको छ । 

आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा गएर आफनो परिचय पत्र हराए वा फेला नपरे पनि परिचय खुल्ने कागज लिएर गए भरे ५ बज सम्म मतदान गर्न पाउने व्यावस्था भएको निर्वाचन आयोगले जनाएको छ । सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगले अपील गरेको छ । 

निर्वाचनलाई उत्सवका रूपमा ग्रहण गरी सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अपिल गर्नुभयो । निर्वाचनबाट देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ जना निर्वाचित हुने छन् । ३५ हजारभन्दा बढी जनप्रतिनिधि चयन हुनका लागि देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेद्वारी दिएका छन् । 

यो चुनावमा १ करोड ७७ लाख ३३ हजार मतदाता रहेका छन् । तर, निजामती कर्मचारी, सुरक्षामा खटिएकाहरू र मतदानमा खटिएका अधिकृतहरू भने यसपटक पनि मतदान गर्नबाट बञ्चित हुने भएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.