Websoft University

शिल्पा विरुद्धको उत्प्रेण मुद्धामा अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वाेच्चको आदेश


विराटनगर । रातो तारा डट कम,नेकपा एमाले विराटनगरकी उपमेयरकी उम्मेदवार शिल्का निरला कार्कीमाथि परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्न पर्ने आदेश सुनाएको छ । 

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले विहीवार यस्तो आदेश गरेको छ । 

उपमेयरकै अर्का प्रत्यासी डा.अमरेन्द्र यादवले कार्की विरुद्ध दिएको उत्प्रषणको मुद्धामा ‘निवेदक

अन्तरिम आदेश जारी गरी पाउँ भनी माग गरेतर्फ विचार गर्दा विपक्षी शिल्पा निरौला कार्कीले मिति २०७९।१।९ मा कोशी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ६(१) क बमोजिम आफ्नो पदबाट दिएको राजीनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष २०७९।१।११ गते दर्ता रहेको भन्ने छ । विपक्षी शिल्ला निराला (कार्की)ले आफू बहाल रहेको पदबाट राजीनामा दिई मिति २०७९।१।१२ मा मनोनयन पत्र दर्ता गराएको भन्ने खुल्न आएको छ । मनोनय पत्र दर्ता गराउँदा निजले राजीनामा दिई आफ्नो जिम्मेवारीबाट हटेको भन्ने स्थिति रहेको र निवेदनमा उल्लेखित कानूनी प्रश्न र व्याख्याको सम्वन्धमा अन्तिम निर्णय हुँदाका बखत निर्णय हुने प्रकृतिको देखिदा हालको प्रारम्भिक अवस्थामा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुन सक्ने अवस्थाको विद्यमानता रहेको नदेखिँदा अन्तरिम आदेश जारी हुनु परेन ।’ भनी सर्वाेच्चबाट जारी आदेशमा उल्लेख गरिएको छ । 

सो मुद्धामा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू मिथिलेशकुमार सिंह, डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू पेशल कुमार न्यौपाने, वीरेन्द्र कुमार ठाकुर, नारायण खरेल, कृष्णप्रसाद शर्मा र रक्षा बस्यालले बहस गरेका थिए । 

निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको सो मुद्धामा आयोगका तर्फबाट सहन्यायाधीवक्ता संजीव रेग्मी र विपक्षी शिल्पा निराला कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र महेश कुमार नेपाल, अधिवक्ताहरू रमेश बडाल, रुद्रप्रसाद पोखरेल, मेघराज पोखरेल, केदार प्रसाद दाहाल, भोजराज आचार्य, अशाङ्कन मल्ल र शिवराम श्रेष्ठले बहस पैरवी गरेका थिए । 

जनता समाजवादीले गठवन्धनका तर्फबाट विराटनगर महानगरपालिकाका उपमेयर बनाएका डा. यादव सो पार्टीका अध्यक्षका छोरा हुन् । उनले एमालेको तर्फबाट सोही पदमा उम्मेदवार बनेकी शिल्पालीले कोशी अस्पताले विकास समितिको सदस्यका हैसियतको पदबाट राजीनामा नदिई उपमेयर पदमा उम्मेदवार बनेको आरोप गरी निर्वाचन आयोगमा समेत उजरी गरेका थिए । आयोगले पनि यादवले लगाएको आरोपको पुष्टि हुने आधार नदेखी उनको उजुरी बदर गरेको थियो । त्यसपछि यादव सोही विषय उठाएर सर्वाेच्चमा पुगेका हुन् । 

सर्वाेच्चको उक्त आदेशपछि शिल्पालाई निर्वाचनको मैदानमा निर्भिकतापूवर्क लाग्ने बातावरण सिर्जना भएको छ । यसै सन्दर्भमा शुक्रवार हुने निर्वाचनमा उनले विराटनगर ११ स्थित जनपथ स्कूल मतदान केन्द्रबाट मतदान गर्नेछिन् । मेयरका प्रत्यासी सागर थापाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्दैछन् ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.