Websoft University

माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको शैक्षिक प्रर्दशनी कार्यक्रममा जे देखियो


काठमाडौं । रातो तारा डट कम,राजधानीको टोखास्थित माउन्ट ग्लोरी इन्टरनेशनलमा बृहत शैक्षिक प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्षको एसईईमा राम्रो नतिजा ल्याउँदै आएको स्कुलले अध्ययनसँगै प्रयोगात्मक अभ्यासहरुलाई पनि विशेष रुपमा प्रयोगमा ल्याउँदै आएको छ ।


विद्यार्थीहरुले पढेका, सिकेका शिक्षामुलक प्रगतिहरुलाई व्यवहारमा उतार्ने कामहरु समय–समयमा अविभावक, साथीभाई र शिक्षकहरुका माझमा देखाउँदा विद्यार्थीहरुको आनीबानी सुधारिने, निखारिने र उनीहरु झनै व्यहारिक बन्दै जाने भएकाले आफूहरुले पछिल्ला दिनमा यस्तो अभ्यासलाई बढी जोड दिएको प्रिन्सिपल गणेश श्रेष्ठ बताउँछन् ।ए

प्रिन्सिपल श्रेष्ठका अनुसार अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले विद्यार्थीहरुलाई कक्षामा सिकाउने ज्ञानगुणका कुराका अलावा बाहिरी वातावण र समय सापेक्ष प्रयोग हुने प्रयोगात्मक क्रियाकलापहरुसमेत अभिभावकहरुका माझमा प्रस्तुत गरिएको हो । शुक्रबार सम्पन्न कार्यक्रम विद्यार्थीहरुले सञ्चालन गरेकाले झनै विशेष थियो ।

सो अवसरमा विद्यार्थीहरुले पढेका, सिकेका शिक्षमुलक प्रगतिहरुलाई व्यबहारमा उतार्ने काम भएको संगीतका गुरु तथा गायक सञ्जिव पुडासैनीले जानकारी दिए । ४ वटा विद्यालयमा आफूले म्यूजिकका कक्षाहरु लिँदै आएकोमा माउन्ट ग्लोरीले पछिल्ला दिनमा एक्स्ट्रा करिकुलम एक्टिविटिज (ईसीए) गतिविधिहरुलाई अझै जोड दिएकोमा आफू निकै खुशी भएको उनी बताउँछन् ।

२०५२ सालमा स्थापना भएको स्कुलमा शुक्रबार सयौँको संख्यामा अविभावकहरुको उपस्थिति थियो । स–साना विद्यार्थीहरुले पाका र परिपक्व मानिसहरुले जसरी विभिन्न गतिविधिहरु देखाइरहँदा अविभावकहरु पनि खुशी देखिन्थे ।आफ्नी ८ कक्षमा अध्ययनरत छोरी साहिना श्रेष्ठको प्रस्तुति हेर्न विद्यालयमा नै आइपुगेकी शैलजा श्रेष्ठ छोरीको प्रतिभा र आत्मविश्वास देखेर दंग थिइन् । उनी भन्छिन्, ‘नै उमेरमा नानीमा आएको परिवर्तन देखेर खुशी लाग्छ ।’ छोरीको किशोरावस्थामा प्रवेश भइरहँदा बढेको आत्मविश्वासले उनले जिन्दगीमा केही गर्न सक्छिन् भन्ने विश्वास बढेको आमा शैलजा बताउँछन् ।

बालबालिकालाई उत्प्रेरणा दिँदै हाल आफ्नै भवनमा सञ्चालनमा आएको विद्यालयभित्र परिवार मैत्री वातावरण रहेको अर्का अविभावक राजाराम अधिकारीले बताए । अविभावक अधिकारीलाई छोरा–छोरी अस्मिन र आशिकामा फेरिएको आनीबानीले खुशी लागेको छ ।बृहत शैक्षिक प्रर्दशनीको अवसरमा टिकटकमा उत्कृष्ट भिडियो बनाउने, विभिन्न गेममा उत्कृष्ठ हुने, नृत्य, गायनलगायतका प्रतियोगितामा राम्रो प्रर्दशन गरेका विद्यार्थीहरुलाई स्कूलले पुरस्कृत गरेको थियो । स्कुलले हरेक २–३ महिनामा यस्ता किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको विद्यालय प्रशासनका प्रमुख चिज कुमार गुरुङ बताउँछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.