Websoft University

अर्थतन्त्रको वर्तमान अवस्थाका सम्बन्धमा उद्योग संगठन मोरङको धारणा

 


बिराटनगर। रातो तारा डट कम, आन्तरिकरुपमा लामो समय देखि वित्तिय क्षेत्रमा रहेको तरलताको चरम अभाव, बढ्दो व्याजदर तथा जारी युक्रेन रुस द्धन्द्धका कारण अन्तराष्ट्रिय बजारमा भएको मुल्य बृद्धि जस्ता आन्तरिक एवं बाह्य परिस्थितीजन्य कारणहरुले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरु संकटको दिशामा उन्मुख भइरहेको बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहरुले नीजि क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनु पर्नेमा मूख्य संस्थाहरु विच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलता तर्फ जाने हो की भन्नेमा उद्योग संगठनले चिन्ता व्यक्त गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै संगठनले चिन्ता व्यक्त गरेको हो । 

तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिती तथा आयात निर्यात सहजिकरणका लागी नीतिगत निकाय र नियमनकारी निकाय विच प्रभावकारी समन्वय हुनु पर्नेमा असमाञ्जस्य तथा अविश्वासको वातावरण श्रृजना हुनुलाई संगठनले दुखद भनेको छ । अन्तराष्ट्रियरुपमा नै अर्थतन्त्रको अवस्था राम्रो नभएको यस संकटोन्मुख अवस्थामा नीतिगत तथा नियमनकारी निकाय बिच देखापरेको यस प्रकारको असमझदारीले अन्तराष्ट्रिय जगतमा नकारात्मक संन्देश जाने र नेपालले गर्ने अन्तराष्ट्रिय व्यापारमा समेत असर पर्ने तर्फ बेलै सचेत भई उपयुक्त कदमहरु चाल्न सरकारलाई आग्रह गरेको छ ।   

बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको, बैंक ब्याज बृद्धि तथा वैदेशिक विनियम सञ्चितीको अभावमा कच्चा पदार्थ लगायतको आयात प्रभावित भई उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न भइरेहको वर्तमान अवस्थामा सरकार तथा नियमनकारी निकाय थप गम्भिर भई एक आपसमा प्रभावकारी समन्वयका साथ यो संकटको यथाशक्य समाधान खोज्नका लागी संगठन हार्दिक अपिल गर्दछ ।  साथै, संकट उन्मुख अर्थतन्त्रलाई सहि ठाँउमा ल्याउन नीजि क्षेत्रका तर्फबाट गर्नु पर्ने सहयोगका लागी संगठन सदैब तत्पर रहेको प्रतिवद्ध रहेकोे जनाएको छ । 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.