Websoft University

उच्च अदालत विराटनगरको आदेस वाट भवन निर्माणको काम रोकियो

 


गाईघाट –२७ चैैत । रातो तारा डट कम,भारतीय दूतावासको आर्थिक सहयोगमा वन्न लागेको त्रियुगा नगरपालिका –१० स्थित वालमन्दिर माध्यमिक विध्यालय भवनको निमार्ण कार्य अदालतको आदेस पछि रोकीएको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्का र भारतका कार्यवाहक राजदुत नामग्यसी खम्पाले गत मंगलवार संयूक्त रुपमा शिलन्यास गरेको भोलीपल्ट नै उच्च अदालत विराटनगरको आदेस वाट भवन निर्माणको काम रोकिएको हो । स्वामित्व विवादले टेण्डर स्वीकृती भएर पनि लामो समय देखी ठेकेदार कम्पनीले काम अघि बढाउन सकेको थिएन । वालमन्दिर माध्यमिक विध्यालय र वाल संगठन विच भवन निर्माणको विषयमा स्वामीत्व कस्ले लिने भन्ने वारेमा भएको विवादले निर्माणको काम प्रभावित वन्न पुगेको छ । त्रियुगा नगरपालिकाको समन्वयमा परराष्ट्रमन्त्री र भारतीय  राजदुत बाट भवन शिलन्यासको कार्यक्रम तय गरीए पछि वालसंगठनले भवन निर्माण को काम रोक्नको लागी उच्च अदालत विराटनगरमा वाल मन्दिर मावि लाई विपक्षी  बनाई चैत २० गते मुद्धा दायर गरेको थियो । उच्च अदालत विराटनगरका न्यायधिश मिलन कुमार राईको एकल इजालसले कित्ता नम्वर १८७ मा निर्माण लगायतका कार्य नगरी यथास्थीतीमा राख्न अन्तरीम आदेस जारी गरेपछि भवन निर्माणको काम यति बेला अलपत्र परेको छ । भारत सरकारले दुतावास मार्पmत नेपालको ७७ वटा जिल्ला मा शिक्षा ,स्वास्थ्य खानोपानी , विद्युत सडक लगायतका वहु आयमिक क्षेत्रमा सहयोग गर्दै आएको छ । परराष्ट्रमन्त्री  डा. खड्काको पहलमा वालमन्दिर माविको  भवन निर्माणको लागि भारतिय दुतावासले ४करोड ९८ लाख रुपैया उपलब्ध  गराएको थियो । सुविधा सम्पन्न शौचालय सहित तिन तल्ले १९ कोठा  रहेको उक्त भवन निर्माणको लागी थापा निर्माण सेवा प्रालि विराटनगरले ३ करोड  ४० लाख ८० हजारमा ठेक्का संझौता गरी निर्माण कार्य शुरु गरेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.