Websoft University

निर्वाचन आउन अब ३३ दिन मात्रै बाँकी


काठमाण्डौ चैत २७ गते । रातो तारा डट कम आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष र अन्य पदको लागि आकांक्षीहरूले उम्मेद्वारी घोषणा गर्ने क्रम सुरू भइसकेको छ । 

दलहरूले औपचारिक रूपमा उम्मेद्वारको टुङ्गो लगाइनसकेको भएपनि आकांक्षीहरूले स्वतःस्फुर्त रूपमा उम्मेद्वारी घोषणा गर्ने र सरोकारवालाहरूसँग सुझाब माग्ने काम पनि ठाउ ठाउमा थालिसकेका छन् । सत्ता गठबन्धनमा चुनाबी तालमेल गर्ने भनिएपनि कुन पालिकामा कसरी तालमेल गर्ने र को उम्मेद्वार हुने भन्नेबारेमा भने अझै पनि तल्लो निकायमा टुङ्गो लागेको छैन । 

अहिले स्थानीय तहहरुमा गठबन्धन गर्ने वा नगर्ने बिषयमा बिबादै बिबाद रहेको भए पनि उम्मेद्वार छनोटको काम सक्न गठबन्धनभित्रका दलहरूले सुझाब दिएका छन् । तर कुन मापदण्डका आधारमा उम्मेद्वार तोक्ने तथा कुन पालिका कसको भागमा पर्ने भन्ने टुङ्गो लगाउन भने सकेको छैनन । 

निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको लागि उम्मेद्वार दर्ताको समय तोकेको छ । ,स्थानीय तहको निर्वाचन आउन अब ३३ दिन मात्रै बाँकी रहदा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरू भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.