Websoft University

नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ


झापा,२०७९बैशाख ४ गते । रातो तारा डट कम,
झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

मे ५  प ५६५ नम्बरको स्कुटरमा भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका-२ का २६ बर्षीय अमृत राई र २२ बर्षीय सन्तोष ढकाललाई चेकजकाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको थियो । यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका-५ का २२ बर्षीय राजेश गुरुङ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् । गुरुङलाई लागूऔषध डाईजापाम ६ एम्पुल
, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमाप्रहरीले थप अनुसन्धान गरिरहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.