Websoft University

निर्वाचन आचारसंहितालाई सामान्य रुपमा नलिन पनि आयोगको चेतावनी– निर्वाचन सार्न खोजिए त्यसले दुर्घटना निम्त्याउने–प्रमुख आयुक्त


काठमाण्डौ बैशाख ४ गते । रातो तारा डट कम, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सफल पार्न सबैसँग अपील गर्नुभएको छ । आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोगले गरेको स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । आयोगले निर्धारण गरेको तालिका बमोजिम निर्वाचन सफल पार्न जुट्न सबैसँग अपील गर्नुभएको छ । देशमा स्थानीय तह निर्वाचनको माहोल तयार भइसकेको भन्दै अब निर्वाचन सार्न खोजिए त्यसले दुर्घटना निम्त्याउने उहाँको भनाइ छ । निर्वाचनको मिति तय गर्नुअघि संविधान र कानुनलाई ध्यानमा राखेर छलफल गरिएको उहाँले बताउनुभयो । निर्वाचन अचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले यसको पालना सबै पक्षले गर्नुपर्ने आयुक्त थपलिकाले बताउनुभयो । निर्वाचन आचारसंहितालाई सामान्य रुपमा नलिन पनि उहाँले चेतावनी दिनुभयो । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.