Websoft University

गठबन्धनको कांग्रेस भित्रैबाट बिरोध, भरतपुरमा कार्यकर्ताले दिए सामुहिक राजिनामा,यस्तो बेलामा माओवादी र नेकपा समाजवादीले कांग्रेस बाट भोट पाउन गारो छ ।


काठमाण्डौ बैशाख ४ गते । रातो तारा डट कम,गठबन्धनको बिरोधमा गाइघाटमा पनि नेपाली कांग्रेस पाटी कार्यकर्ताहरुले जिल्ला पाटी अध्यक्षलाई ज्ञपन पत्र बुझाइ सकेका छन । भरतपुर महानगरपालिका वडा नम्बर १७ का ५० जना काँग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँद,ै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।

महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा उनीहरूले राजीनामा दिएर अब स्वतन्त्र अभियान चलाउन लागेको बताएका छन् । पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेल सहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले काँग्रेसबाट राजीनामा दिए पनि देश र जनहितकोकामका लागि सधैँउपस्थित रहने निर्णय गरेकोछ ।

 केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए । भरतपुरको मेयर रेणु दाहाललाई छाडिए काँग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ । 

अहिले फेरी एउटा बीपी कांग्रेसको संठन खोलिएको छ । यो सगठले पनि गठबन्धनको बिरोध गर्दै आएको छ । समग्रमा हेर्दा गठबन्ध नेपाली कांग्रेस कार्यकर्ताहरुले देशैभरी मन पराएका छैनन् अनि कसैले माओवादी समाज वादीलाई नदिने भइसकेका छन ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.