Websoft University

नेपाली कांग्रेस तर्फ सुन्दरहरैंचा ५ को वडाध्यक्षमा पुनः राम रिजाल


मोरङ । रातो तारा डट कम,नेपाली कांग्रेस वडा कार्यसमिति सुन्दरहरैंचा नगरपालिका वडा -५ ले पुन: राम रिजाललाई वडा अध्यक्षको उमेद्वारमा नेपाली कांग्रेसको तर्फ निर्बिरोध चयन गरेको छ।


आफ्नो कार्यकालमा वडामा गरेको कामको उच्च मूल्याकंन गर्दै रिजाललाई वडा अध्यक्षमा पार्टीले निर्बिरोध सिफारिस गरेको हो। रिजालको कार्यकालमा  वडा -५ को साना देखि ठुला बिकास निर्माण देखि खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि ,पर्यटन लगायत क्षेत्रमा उल्लेखनीय काम भएको र  कोभिडको बेलामा खेलेको भुमिका देखि जनताको हरेक दु:ख सुखमा साथ दिने वडा अध्यक्ष रिजाललाई सो वडाको असल क्षमतावान नेतृत्व कर्ताको रुपमा लिन सकिन्छ। 

विभिन्न भाषा, धर्म संस्कृतिको धनि र बिभिन्न जातीय समुदाय रहेको वडामा नगरकै ठुलठुला धार्मिक तथा पर्यट्किय क्षेत्र रहेका छन्। यो क्षेत्रमा धार्मिक पर्यटिकिय क्षेत्र गौशला बृद्धाबन र हसिना सिमसार पर्यटकीय स्थल नगरकै गहनाको रुपमा रहेको छ ।  उक्त क्षेत्रको बिकासमा उल्लेखनीय योगदान र स्थानीय , प्रदेश तथा संघीय सरकारलाई पहल गर्ने काम समेत वडा अध्यक्ष रिजालले गरेका छन्।

” फेरि केही गर्छु भनेर पार्टीले बिश्वास गरेको छ अब आउने चुनाब हामी जित्छौ किनकी जनताको बिश्वास म प्रति छ”- रिजालको तर्क  छ ।  वडामा ४ जना नेकपा बिजयी हुदाँ अल्मपतमा परेर पनि रिजालले नुमना काम गरेका छन।  उनले सबै पक्ष संग सहकार्य गर्दै आफ्नो कार्यकालमा काम गर्दै अब आउने निर्वाचनमा आफू झुटको खेती नगर्ने भन्दै वडाबासीमा भ्रममा नपर्न आग्रह गरेका छ। आफुले जे बोल्छु त्यो गरेर देखाउँछु भन्दै आफु जनताको सेवक भएको हुँदा जनतालाई परेको पिर मर्कामा आफ्नो साथ रहने बताए।यस अघिको २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा राम रिजालले ज्ञानेन्द्र ओझालाई ३९ मतले पराजय गरि बिजय भएको थियो भने ४ जना वडा सदस्यमा भने नेकपा एमाले बिजयी भएको थियो।

हिजो एक्लै भएर काम गरेको रिजालले  चुनौती र अवसर समेत अनुभव संगालेका छन।  रिजालले १७४ घरमा कोभिड संक्रमित हुँदा   १६४ घरमा आफैँ पुगेर चिकित्सकको टोलि सहित घरदैलो उपचारमा सहयोग गरेका थिए  । सेनिटाइजर माक्स बितरण गरे। आफ्नो वडामा रहेको पर्यटकीय क्षेत्र  हसिना सिमसारका  लागि ७ करोड बजेट ल्याएर रिजालले पर्यटन बिकास गर्न अहोरात्र खटिएको  बताए ।

नगर प्रमुख शिव ढकाल र आफु वडा अध्यक्षमा बिजयी हुँदा त्यति बेला गरे प्रतिबद्धामा विश्वको अग्लो गाईको प्रतिमा समेत निर्माण  आफ्नो कार्यकालमा भएको बताए।स्थानिय चुनाबका लाागि  मोरङ जिल्ला नेपाली कांग्रेसको हकमा पहिलो निर्बिरोध दोहर्याउने वडा अध्यक्ष मध्ये  राम रिजाल भने पहिलो हो ।

आउने चुनाबको लागी नेपाली कांग्रेसको तर्फबाट  वडा सदस्यहरुमा बिष्णु चौधरी, काजिमान गुरुङ, महिला सदस्य पम्प्फा तमाङ्ग राई , दलित महिला सदस्यमा कृष्ण कुमारी बिक रहेका छन।यस निर्णयले नेपाली काँग्रेस एक ढिक्का र झन् बलियो भएको भन्दै उनले आपसी मनमुटाबलाई टाढा राखेर आगामी निर्वाचनमा सशक्त ढङ्गले लागेर काँग्रेसलाई विजयी बनाउन लागि पर्ने रिजालले बताए । क्षेत्रिय सभापति तामाङले सबै वडाहरूमा काँग्रेसका इमानदार सिपाहीलाई सिफारिस गरिने बताउँदै चुनावमा एकजुट भएर लाग्न निर्देशन दिए।

त्यस्तै नेपाली कांग्रेस सुन्दरहरैंचा नगरपालिका वडा ५ कार्यसमितिले नजिकिदै आएको निर्वाचनका लागि  विभिन्न प्रचार प्रसार समिती निर्माण गरि अघि बढाएको छन । घोषणा पत्र तयार गरि , सुचना संकलन समिति समेत निर्माण गरेको छ भने गठबन्धन समिती , टोल ब्यबस्थापन समिती समेत निर्माण गरि अघि बढाउने वडा सभापति घनश्याम न्यौपानेले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.