Websoft University

जहदामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को उपाधि जहदा–४ लाई


विराटनगर । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को विजेताको उपाधि जहदा–४ ले हात पारेको छ ।

शनिबार भएको फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले टुर्नामेन्टको विजेताको उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–४ ले निर्धारित २० मध्ये १९ औं ओभरको प्रगतिमा सबै विकेट गुमाई १६५ रनको स्कोर खडा गरेको थियो । जहदा–४ का लागि रबिन मण्डलले सर्वाधिक ४९ रन बनाउँदा बिशाल मण्डलले २७, सुमन राजवंशीले १९, महेश मण्डलले १५, निरज गौतमले १३ र चन्दन सिंहले १० रन जोडेका थिए । जहदा–४ का लागि अमोद मण्डलले ३ विकेट लिँदा निरज, रबिन र चन्दनले २÷२ तथा सुमन राजवंशीले १ विकेट लिएका थिए । 

१६६ रनको लक्ष्य पाएको लक्ष्मिनिया युवा क्लब १७ औं ओभरको प्रगतिमा सबै विकेट गुमाउँदै १५१ रनमा सिमित भएको थियो । क्लबका तर्फबाट अभिषेक सिंहले सर्वाधिक ६४ रन जोड्दा श्यामसुन्दर मण्डलले ३२, अभिषेक साहले १७ र बलराम कामतले १० रनको योगदान दिएका थिए । लक्ष्मिनिया युवा क्लबका लागि बलराम कामतले २ विकेट लिँदा निरञ्जन अधिकारी र श्यामसुन्दर मण्डलले २÷२ तथा अभिषेक सिंह, अङ्कित सिंह राजपुत र जयकिशोर यादवले १÷१ विकेट लिएका थिए ।

खेलको ‘म्यान अफ द म्याच’ विजेता जहदा–४ का रबिन मण्डल भए । उनले कप र प्रमाण–पत्र प्राप्त गरे । यस्तै टुर्नामेन्टको ‘म्यान अफ द सिरिज’ उप–विजेता लक्ष्मिनिया युवा क्लबका अभिषेक सिहं, बेस्ट बलर क्लबकै निरञ्जन अधिकारी, बेस्ट क्याच विजेता टीम जहदा–४ का विशाल मण्डल र बेस्ट फिल्डर सोही टीमका चन्दन सिंह घोषित भए । उनीहरुले पनि मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

केही प्राविधिक समस्याका कारण टुर्नामेन्टको दोश्रो सेमिफाईनल खेल शुक्रबार नै भएपनि पहिलो सेमिफाईनल भने शनिबार बिहान भएको थियो । पहिलो सेमिफाईनलमा जहदा–४ ले जहदा–२ लाई ३४ रनले पराजित गरेपछि जहदा–४ फाईनलमा पुगेको थियो । 

शनिबार भएको फाईनलमा विजेताको उपाधि हात पारेको जहदा–४ ले मेडल र प्रमाण–पत्र सहित नगद रु. ३१ हजार तथा उप–विजेता बनेको लक्ष्मिनिया युवा क्लबले मेडल र प्रमाण–पत्र सहित नगद रु. २१ हजारको पुरस्कार प्राप्त ग¥यो । प्रदेश नं. १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादव तथा जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले विजेता र उप–विजेता टीमलाई पुरस्कृत गरेका थिए । 

खेलको औपचारिक कार्यक्रममा बोल्दै प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले पनि पछिल्लो समय आयोजक क्लबको भुमिका र सक्रियता बढ्दै गएको बिषयको प्रशंसा गरे । उनले भोलिका दिनमा क्लबलाई चाहिने आवश्यक सहयोगका निम्त्ति आफु सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै जहदा गाउँपालिकाका अध्यक्ष मण्डलले लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित यसप्रकारले खेलले राष्ट्रियस्तरका खेलाडीहरुको उत्पादनमा सहयोग पु¥याउने बताए । उनले आयोजक टीमप्रति आभार समेत प्रकट गरे ।

लक्ष्मिनिया युवा क्लबले २०७५ सालदेखि प्रत्येक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आईरहेको छ । क्लबले यसअघि पनि भने २०७५, २०७६ र २०७७ मा ३ पटकसम्म क्रिकेट टुर्नामेन्टको आयोजना गरिसकेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.