Websoft University

सोमबार बिराटनगरमा स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुदै


बिराटनगर बैशाख ४ गते । रातो तारा डट कम,लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा बैशाख ५ गते बिराटनगरमा प्रदेश स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सवाद कार्यक्रमको आयोजना हुने भएको छ । उद्योग संगठन मोरङमा आयोजना हुने स्टार्टअप तथा इन्नोभेसन सम्वन्धी कार्यक्रम विहान ११ बजेदेखि र डिजिटल प्रदेश संवाद कार्यक्रम दिउसो ३ बजेदेखि सञ्चालन हुनेछ । सातै प्रदेशमा आयोजना भइरहेको यो कार्यक्रम गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा सम्पन्न भइसकेको छ । 

सातै प्रदेशहरुमा आयोजना भैरहेको ‘इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट पावर्ड बाइ यार्साल्याब’ कार्यक्रममा आइटीका स्टार्टअप, इन्नोभेटर, उद्यमी, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधी, सरोकारवाला र बिद्यार्थीहरुको उपस्थिति रहनेछ । स्टार्टअप फेस्टमा ३० बढि स्टार्टअप आइडिया तथा इन्नोभेसनहरु प्रदर्शनीमा रहनेछन । यस कार्यक्रमले प्रदेशमा भएका नवप्रवर्तक (स्टार्टअप) तथा इन्नोभेटरलाई एकैथलोमा समावेश गरी उद्यमशिलताको विकासमा सहकार्य गर्नेछ । डिजिटल स्टर्टाअपको लागि विभिन्न किसिमले सहयोग गर्ने, प्रवद्धन गर्ने, इन्क्युवेसन, मेन्टरिङ र लगानीको लागि आवश्यक समन्वय गरिनेछ । 

स्टार्टअप एण्ड आइडिया फेस्टले स्थानिय नवप्रवर्तक तथा इन्नोभेटरलाई प्रवद्धन गर्न, आवश्यक लगानी जुटाउन र प्रदेशमै आइटी उद्यमशिलताको विकासको लागि सघाँउ पुर्याउने छ । हरेक प्रदेशबाट कम्तिमा ५ उत्कृस्ट स्टार्टअप तथा आइडिया छनौट गरी सातै प्रदेशको कार्यक्रम पश्चात काठमाडौंमा सञ्चालन हुने विजनेश इन्क्युवेसनमा सहभागी गराइनेछ । प्रदेशका उत्कृष्ट स्टार्टअपले राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्मको सहुलियतपुर्ण कर्जा प्राप्त गर्नेछन भने आइसिटी अवार्ड २०२२ मा सम्मान प्राप्त गर्नेछन । उद्यमशिलता विकासको लागि यो कार्यक्रम महत्वपुर्ण प्लाटफर्म हुने आयोजकले विश्वास लिएको छ । सहभागि हुन चाहाने स्टार्टअप तथा विद्यार्थीको लागि आवश्यक स्टल, पिचिङ तथा मेन्टरिङ सेसनहरु निशुल्क उपलब्ध हुनेछन । 

दोश्रो कार्यक्रमको रुपमा आयोजना हुने डिजिटल प्रदेश संवादले डिजिटल नेपालको एजेण्डालाई अघि बढाउनेगरी डिजिटल रुपान्तरणको प्रयास र अभ्यासलाई उजागर गर्ने प्रयास गर्नेछ । प्रदेशको विकास तथा परिवर्तनको लागि भईरहेको डिजिटल अभ्यास तथा ईगभर्नेन्सका काम, नीति, योजना तथा आगामी कार्यदिशामाथि सम्बन्धित क्षेत्रका सार्वजनिक तथा निजी सरोकारवालाहरुसँग छलफल गरेर डिजिटल ईकोसिस्टमको लागि आधार तयार गर्नु यस कार्यक्रमको उदेश्य हो । यस कार्यक्रममा २ वटा महत्वपुर्ण कार्यपत्रहरु प्रस्तुत हुनेछन र सोहि सन्दर्भमा रहेर प्यानल सेसन सञ्चालन हुनेछ । जसमा प्रदेश सरकारका मन्त्रि, योजना आयोगका उपाधक्ष्य, स्थानीय जनप्रतिनिधि, सरोकारवाला, उद्यमी र बिज्ञहरु उपस्थिति रहनेछ । यस कार्यक्रममा सहभागीको लागि काठमाडौंबाट १० जनाबढि आइटी विज्ञ तथा उद्यमीहरुको उपस्थिती रहनेछ । 

प्रदेश न. १ को कार्यक्रम पश्चात सुदुरपश्चिम, कर्णाली र बागमती प्रदेशमा कार्यक्रम आयोजना हुनेछ । सातै प्रदेशको संवादपश्चात काठमाडौंमा जेष्ठ अन्तिम साता २ दिने डिजिटल नेपाल कन्क्लेभको आयोजना हुनेछ । उक्त कार्यक्रममा संवादबाट प्राप्त हरेक प्रदेशको डिजिटल स्टाटस र रिपोर्टलाई पनि प्रस्तुत गर्दै डिजिटल नेपालको एजेण्डालाई अघि बढाउने प्रयास गरिनेछ ।  

डिजिटल प्रदेश संवाद कार्यक्रममा सहभागिता तथा स्टार्टअप फेस्ट प्रर्दशनी अवलोकनको लागि पनि कुनै शुल्क लाग्नेछैन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.