Websoft University

पद बाडफाडमा सहमती जुटन नसकेपछि उदयपुरमा गठबन्धन दलहरु सकसमा परे ?


श्याम राई÷उदयपुर गाईघाट, ५ गते । रातो तारा डट कम,पद बाडफाडमा सहमती जुटन नसकेपछि उदयपुरमा गठबन्धन दलहरु सकसमा परेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्ये नजर गर्दै सिट बाडफाडको लागि गठबन्धन दलको आईतबार बसेको संयुक्त बैठकले कुनै निश्कर्ष निकाल्न नसकेपछि जिल्लामा तालमेलको संभावना कम भएर गएको छ । यसै कारण गठबन्धन दलले गठबन्धन गर्ने वा नगर्ने विषयमा टुङगोमा पु¥याउन प्रदेश गठबन्धन कार्यदललाई जिम्मा लगाएको छ ।

भागबण्डामा बढि भाग खोजेकै कारण बैठकमा नेपाली कांग्रेस, नेकपा ( एकिकृत समाजवादी ) र संघिय समाजवादीले आ–आफ्नो अडान नछोडा विवाद बढेको बैठकमा सहभागी नेकपा ( माओवादी केन्द्र ) का एक नेताले बताए ।

४ नगरपालिका र ४ वटा गाउँपालिकागरि ८ स्थानीय तहमा २० वटा माग भएको कारण गठबन्धन दलले पद बाडफाड गर्न नसकेको माओवादी केन्द्रका नेता किरण राईले बताए ।‘ सबै स्थानीय तह साथीहरुलाई बढी पद चाहिने भएपछि सहमती जुट्न सकेन ।’ उनले भने । अब प्रदेश कमिटिलाई टुङगो लगाउने जिम्मा दिएकोले चाँडै सहमती हुने उनले बताए । जिल्लामा गठबन्धन दलहरुबीच सहमती गरेरै स्थानीय तहको निर्वाचनमा जानु पर्ने उनले बताए ।

नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्की गठबन्धन दलबीच पद बाडफाडमा सहमती जुटन नसकेपछि प्रदेश संयन्त्रलाई टुङगो लगाउन जिम्मा दिईएको बताए ।‘ अब प्रदेशबाट नै सबै पद बाडफाड हुन्छ । सोही अनुरुप गठबन्धन अघि बढ्छ ।’ उनले भने ।

गठबन्धनले पद बाडफाड गर्न नसकेपछि उदयपुर कांग्रेसको ठूलो समूहले जिल्ला नेतृत्वलाई कुनै पनि स्थानिय तहको नेतृत्व कांग्रेस नछाड्न दबाब दिएको छ ।‘ परिस्थीती आफू अनुकुल रहेको भन्दै सबै स्थानीय तहमा गठबन्धन नगरी चुनाब लड्न कांग्रेस कार्यकर्ताको नेतृत्वलाइ दबाब बढेको छ । पूर्व क्षेत्रिय सभापति एंवम कांग्रेस युवा नेता बसन्त बस्नेतले कार्यकर्ता र मतदाताको भावनाको कदर गर्दै कांग्रेसले नेतृत्वबाट पछि हट्न नहुने बताए ।

त्रियुगा नगरपालिकाको मेयर पदका आकांक्षी बस्नेतले गठबन्धनका केही दलले हैसियत भन्दा बढी सिट खोजेकोले दलिय भागबन्डामा सहमती जुट्न नसकेको बताए ।


गाईघाट–५ बैशाख


लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उदयपुरको आठ वटा स्थानीय तह मध्ये एउटा नगरपालिकामा मात्र उम्मेदबारी दिने निर्णय गरेको छ ।

पार्टीको संगठन मजवुद रहेको जिल्लाको त्रियुगा नगरपालिकाबाट आसन्न निर्वाचनलाई मध्ये नजर गर्दै मेयर, उपमेयर सहित केही वडा अध्यक्ष पदमा उम्मेदबारी दिने निर्णय गरेको हो । आईतबार पार्टीका अध्यक्ष खुशीलाल ठाकुरको अध्यक्षमा बसेको बैठकले त्रियुगाको मेयरमा दयाराम चौधरी र उपमेयरमा बसन्ती देवी झालाई सिफारीस गर्ने निर्णय गरेको हो । त्यसैगरि वडा न. ३ बाट शुभ नारायण चौधरी, वडा न. ८ बाट राज कुमार चौधरी, वडा न. ११ बाट बैधनाथ प्रसाद साह र वडा न. १२ बाट बद्रि प्रसाद साहलाई अध्यक्ष पदामा उम्मेदबार बनाउने निर्णय गरिएको अध्यक्ष ठाकुरले बताए ।

‘ अहिले मेयर, उपमेयर सहित चार वटा वडा अध्यक्ष पदामा उठ्ने उम्मेदबारको मात्र टुङगो लागेको छ ।’ उनले भने । बाकी वडा अध्यक्ष सहित सदस्यहरुमा पछि टुङगो लगाईने र केही वडामा साना, ठूलो पार्टीसँग तालमेल गरेर अघि बढ्ने तयारी भैरहेको उनले बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.