Websoft University

मेची महाकाली पैदल यात्री गांईने मोरङ्गमा

 


शिव भट्टराई,मोरङ,लोक बाजा र लोक संस्कृतीको जगेर्नाका लागि मेचि महांकाली पैदल यात्रामा निस्किएका सुर्खेतका शेर बहादुर आचार्य गाइने शनिबार मोरङ्ग आइपुगेकाछन् ।


युवा पूस्तामा लोक बाजा प्रतिको मोह हराउदै जान थालेपछि त्यसको संरक्षणका लागि गांईनेले मेचि महाकाली पैदल यात्रा थालेका हुन्। महाकालीबाट पैदल यात्रा सुरु गरेका गाईने ४६औं दिन मोरङको सुन्दरहरैंचा हुँदै बेलबारीमा बास बसेका छन्।

पेशाले लोक गायक समेत रहेका गाईनेले पछिल्लो पुस्ताले मादल,सारङ्गी,लगाएतका नेपाली लोक बाजा भुल्दै जान थालेका कारण त्यस्ता लोक बाजा बोकेरै मेचि महांकाली पैदल यात्रा सुरु गरेको उनले बताए।

आफुले कसैको सहयोगमा नभएर लोक संस्कृतीको जगेर्नाका लागि यस्तो अभियान थालेको बताए ।उनको अभियानबाट लोक संकृतीप्रमीहरुमा एक प्रकारको हौसला मिलेको यहाका लोक संस्कृती प्रमीहरुको बुझाई रहेको उनी बताउछन्।

त्यसैगरी महाकाली बाट मोरङ्ग हुँदै पैदल यात्रामा निस्किएका गाइनेले बुधबार मेची पुगेर गाईनेहरु जम्मा गरी खुसियालीका साथ संस्कृति लोक बाजाको संरक्षण गर्दै यात्रा टुंग्याउने बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.