Websoft University

शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको भिड– आज चैते दशै धुमधामले मनाइदै,


काठमाण्डौ चैत २६ गते । रातो तारा डट कम, चैत शुक्ल अष्टमीलाई चैते दसैँको पर्व मानेर नेपालमा हिन्दुहरुले मनाउदै आएको परमपरा अनुसार आज चैते दशै मनाइदै छ । बढा दशै झैं देवीको पूजा उपासना गर्दै चैते दसैँ मनाइने गरिन्छ ।

पुरानो कथा अनुसार असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुई पटक असोज र चैतमा मनाउने गर्दछन् । 

असोजमा मनाइने दसैँलाई बडादसैँको रुपमा मनाइन्छ भने चैत दशै चै शुक्ल अष्टमीमा मनाईने दसैँलाई चैते दसैँ भनिदै आएको पाइन्छ । आज घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । 

वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ । चैते दसैँको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, सङ्कटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.