Websoft University

यो पटका निर्वाचन आचारसहिता सबैलाई पुर्ण रुपमा आयोगले पालना गराउने


काठमाण्डौ चैत २९ गते । रातो तारा डट कम,आज बिराटनगरमा स्थानिय तह निर्वाचन २०७९,मिडिया अभिमुखिकरण कार्याक्रम सम्पन्न भएको छ । कार्याक्रममा माननीय प्रमुख आयुक्त श्री दिनेश कुमार थपलियाले आफना भनाइहरु राख्नु हुदै यो पटक आचारसहिता पुर्णरुपमा पालना बिगतको ४५ प्रतिस बदर मतको आंकडा कम गर्ने लक्ष्य आयोगको रहेको बताउनु भएको छ । 


कार्याक्रमका प्रेस काउन्सिल नेपाल का अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनमा आचारसहिताको पुर्णरुपमा सबैलाई नियामको पालनाको पालना गराउन सबै लाग्नु पर्ने बताउनु भएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश १का अध्यक्ष लिला बल्भ घिमिरेल पत्रकारहरुले निर्वाचन उम्मेदारी दिए पत्रकारीता छोड्नु पर्ने धारणा राख्नु भएकोछ । निर्वाचन आयोगले यसपटक देशव्यापी रुपमा कडाइका साथ आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ ।

शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठन गरेको जनाएको छ । आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचासंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा निर्वाचन क्षेत्रस्तरीय संयन्त्र भने रहने छैन । निर्वाचन आयोगले यसअघिका निर्वाचनमा केन्द्रियस्तरमा आचार संहिता पालनाको अनुगमन गरिरहेकोमा अब भने जिल्ला र स्थानीय तह स्तरमा विकेन्द्रिकरण गरी आचारसहिताको पालना गराउने बताइएको छ ।

कार्याक्रममा आचारसहिताका बारेमा निर्वाचन आयोगका सचिव श्री तुलसी बहादुर श्रेष्ठ, प्रेस काउन्सि नेपालका उपप्रशासकिय अधिकृत रामशरण बोहरा, नेपाल पत्रकार महासंघका के स अम्वर खड्काले सहजिकरण गर्नु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.