Websoft University

नुवाकोटमा ७५ हजार २ सय ५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने


काठमाण्डौ बैशाख १ गते । रातो तारा डट कम,नुवाकोटमा हाल १२ स्थानीय तह रहेको हुदा सो ठाउका १५ महिनादेखि १५ वर्ष उमेरसम्मका ७५ हजार २ सय ५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय नुहाकोटले जनाएको छ । 

खोप अभियानमा ६ सय स्वास्थ्यकर्मी परिचालन भएका छन भने, टाइफाइड विरुद्धको राष्ट्रिय खोप कार्यक्रममा बैशाख ४ गते आइतवारदेखि ८ गते बिहीवारसम्म सञ्चालन गरिने छ ।

स्थानीय तहको समन्वयमा ४ सय २९ खोप केन्द्र निर्धारण गरिएको छ भने ८ सय ९८ जना स्वयंसेवक खटाइने छ । खोपको लागि जिल्लाभर स्वास्थ्य चौकीको साथै ८० प्रतिशत बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने तथ्याङ्कभएकाले विद्यालयमै खोप केन्द्र बनाइने बताइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.