Websoft University

भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमित थपिन थाले–काम बेगर घर बाहिर ननिस्कन आवहान, मास्क अनिवार्य गरियो


काठमाण्डौ बैशाख १० गते । रातो तारा डट कम, भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमणको दर बढेसँगै फेरि प्रतिबन्धहरू लागू गरिएको छ । दैनिक एक हजारदेखि १५ सयका दरले नयाँ सङ्क्रमित थपिन थालेपछि दिल्लीमा सार्वजनिक स्थानमा मास्क लगाउने नियमलाई अनिवार्य गरिएको छ । दिल्ली सरकारका अनुसार सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । यस्तै अनावश्यक भिडभाड नगर्न, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि दिल्ली सरकारले आग्रह गरेको छ । गत २४ घन्टामा मात्रै दिल्लीमा १ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा कोरोनाको चौथो लहरको जोखिम बढेको भन्दै अन्य राज्यमा पनि कडाई गर्न थालिएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.