Websoft University

पेट्रोलियम व्यवसायीहरूको आन्दोल फिर्ता


काठमाण्डौ चैत २० गते । रातो तारा डट कम, पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । पेट्रोलपम्पमा देखिएको भीड नहुने भएको छ । 

निगम र आन्दोलनरत व्यवसायीबीच पेट्रोलियम बिक्रेताको कमिसन र ढुवानी भाडा बढाउने सम्बन्धमा सात दिनभित्रै नयाँ निष्कर्ष निकाल्ने लगायत ४ बुँदे सहमति सरकारले गराए पछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन् ।

निगम व्यवस्थापनका तर्फबट प्रवक्तासमेत रहेका बिनितमणि उपाध्याय र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका तर्फबाट प्रवक्ताको जिम्मेवारीमा रहेका विश्व अर्यालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेर उपभोक्ताहरुलाई दुख दिन सुरु गरेकोमा आम उपभोक्ता आक्रोसमा आउन थालिसकेका थिए ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.