Websoft University

जेठ २ गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने

 


काठमाण्डौ चैत २८ गते । रातो तारा डट कम, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवारदेखि परीक्षण उडान सुरु हुने भएको छ । आगामी जेठ २ गतेबाट व्यवसायिक उडान गर्नका लागि वैशाखमा परीक्षण उडानको तयारी गरिएको विमास्थलका महानिर्देशक गोविन्द दाहालले बताउनुभयो । 

व्यवसायीक उडानका लागि १२ कम्पनीहरूले प्रस्ताव अघि सारेको र आवश्यक अध्ययन भईरहेको समेत उहाँले बताउनुभयो । उडानका लागि आवश्यक उपकरण सबै प्राप्त भईसकेको छ भने जनशक्ति पनि आबस्यक मात्रामा नियुक्त भईसकेका छन् । 

विमासथलमा गत फागुन पहिलो सातादेखि १० दिन यान्त्रिक परीक्षण उडान गरिएको थियो । त्यस परीक्षणको नतिजा अनुरूप भैरहवा विमानस्थल उडान योग्य रहेको प्रतिवेदन प्राप्त भए पछि प्राधिकरणले व्यवसायिक उडानको तयारी गरिरहेको जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.