Websoft University

कृषि गणना आजबाटै सुरु हुने


काठमाण्डौ बैशाख ६ गते । रातो तारा डट कम, सातौँ कृषि गणनाको काम आजैबाट सुरु भइ वैशाख १९ गतेसम्म सञ्चालन हुने भएको छ । कृषि गणनामा स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल ३ लाख ५० हजार कृषक परिवारसँग घरघरमा गएर गणकहरूले कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गर्ने केन्द्रीय तथ्याङ्क विभागले जानकारी गराएको छ । गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपन्क्षीपालन, खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् । कृषि गणना गर्न ४५ दिनका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय  सुपरीवेक्षक कार्यस्थलमा खटाइएको विभागले जनाएकोछ । नेपालमा २०१८सालमा कृषि गणा भएको र यो प्रत्येक १० वर्षमा हुने छ भने यो भन्दा पहिला २०६८मा पनि गणना भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.