Websoft University

एक नम्बर प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट, ३० बढी स्टार्टअपको सहभागीता


विराटनगर । रातो तारा डट कम, प्रदेश स्तरीय चौंथो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३।० एक नम्बर प्रदेशमा सम्पन्न भएको छ ।


लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा सोमबार विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए । 

फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ सेसनमा नवप्रवर्तनमा आधारित १८ ओटा स्टार्टअप तथा आईडियाले आफ्नो प्रोजेक्ट पिच गरेका थिए । यी मध्ये ७ ओटा आईडिया र स्टार्टअप ‘इन्क्युबेसन’ का लागि छनौट भएका छन्, जसमा फूड डेलिभरी ईकमर्श क्विकर फुड उत्कृष्ट स्टार्टअपको रुपमा चयन भएको छ भने अन्य ६ कम्पनी ट्रेड नेपाल अनलाइन, क्युरा हेल्थ, क्रिप्स मिडिया ल्याब, ब्लड कनेक्ट, हेल्लो एम्बुलेन्स, स्टेम स्किल चयन भएका छन् । 

प्रदेशबाट चयन भएका सातैओटा स्टार्टअप र आईडियालाई ‘विजनेस इन्कुबेसन’ का लागि काठमाडौं लगिने र सम्भावित लगानीकर्ताबाट लगानी जुटाउन सहयोग गरिनेछ । 

यससँगै डिजिटाइजेसन र विद्युतीय सुशासनको एजेण्डामाथि हुने प्रादेशिक नीतिगत बहस श्रृंखला डिजिटल प्रदेश सम्वाद पनि विराटनगरमा सम्पन्न भएको छ । 

संवादको प्यानलमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा। पूर्ण कुमार लक्सम, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, पूर्वाञ्चल विश्वविद्यालयका सहायक प्राध्यापक तथा परिक्षा उपनियन्त्रक अजय कुमार शाह, पायोनियर ईलेक्ट्रोकेबल प्रालीका सीईओ अनिल सारदा, डेल्टा टेक तथा आरके गोल्छा ग्रुपकी निर्देशक एकता गोल्छा, तथा योङ माईण्ड्स प्रालिका संस्थापक डा। अभिजित गुप्ता रहेका थिए । 

कार्यक्रममा मदन भण्डारी पोलिटेक्निक विश्वविद्यालयका डिन डा। प्रचण्ड मान प्रधान, उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल, मुख्मन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव कृष्ण प्रसाद सापकोटा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

संवाद सेसनमा प्रदेश १ का सूचना प्रविधि तथा ईगभर्नेन्स विज्ञ निरज दाहाल र सारथी टेक्नोसफ्ट तथा पूर्वाञ्चाल डिजिटल मिडिया टेक्नोलोजिज प्रालीका संस्थापक प्रभास आचार्यले डिजिटाइजेसनको अवस्था र कार्यदिशाका बारेमा प्रस्तुती दिएका थिए । 

गण्डकी प्रदेशबाट सुरु भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद कार्यक्रम यसअघि लुम्बिनी र मधेश प्रदेशमा सम्पन्न भइसकेको छ । बाँकी अन्य तीन प्रदेशमा जेठको पहिलो साताबाट कार्यक्रम सुरु हुनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.