Websoft University

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै,


काठमाण्डौ बैशाख ६ गते । रातो तारा डट कम, सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । ७ सय ५३ वटा पालिकामा आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउन ५२ हजार महिला स्वास्थ्य स्वयमसेबिका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुने छन । 

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएका कुरा मन्त्रालयले जनाएको छ  ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.