Websoft University

एमालेको सचिवालय बैठक बस्ने–प्रतिबद्धता पत्र सार्वजनिक गर्ने


काठकमाण्डौ चैत ५ गते । रातो तारा डट कम,स्थानीय तहको निर्वाचनका लागि तयार पार्ने घोषणापत्रको बारेमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज साँझ साढे ६ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बैठक बोलाइएको जानकारी दिनुभयो । प्रतिबद्धतापत्र लगायत स्थानीय तहको निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको उहाँले बताउनुभयो । केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । रिजालका अनुसार केन्द्रीय सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवारहरूको विषयमा पनि छलफल गरेर आवश्यक निर्णय लिनेछ । एमालेले यही वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.