Websoft University

आज नेपाल र पपुवा न्युगिनी बीच प्रतिस्पर्धा हुने


काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम, त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र पीएनजीबीचको फाइनल खेल अपरान्ह १२ ः ३० मा सुरु हुनेछ । आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । नेपाल जारी सिरिजमा अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २–० ले क्लिन स्विप अर्थात् आफ्नो पक्षमा पारेको थियो । पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो ।  पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो  । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको छ । पीएनजी नेपाललाई पन्छाउँदै टी–ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.