Websoft University

श्रीलङ्कामा २६ जना मन्त्रीले दिए राजीनामा–आक्रोसित जनता प्रदर्शनमा,प्रदर्शन रोक्न आपतकालीन घोषणा


काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम, अन्तर्राष्ट्रिय समचार, श्रीलङ्कामा बढ्दो आर्थिक सङ्टककाबीच सबै मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक सङ्कट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन बढ्दै गएको बेला सरकारमा रहेका सबै २६ जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । तर, प्रधानमन्त्री महिन्द्रा राजपाक्षे र उहाँका भाई राष्ट्रपति गोतबाया राजपाक्षेले राजीनामा दिनुभएको छैन । शिक्षामन्त्री दिनेश गुणवर्देनाले मन्त्रीपरिषद्का सदस्यहरूले प्रधानमन्त्रीलाई हिजो अबेर साँझ राजीनामा बुझाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । सन् १९४८ यताकै गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा इन्धन, खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्रीको अभाव छ । आर्थिक सङ्कट समाधानका लागि भन्दै सरकारविरुद्ध प्रदर्शन पनि जारी छ । सरकारले भने प्रदर्शन रोक्नका लागि राष्ट्रिय आपतकालको घोषणा गरेकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.