Websoft University

नेपाल विद्यार्थी संघद्धारा क्याम्पसमा सामग्री प्रदान


मोहन कुमार राई - बैशाख १० गते । रातो तारा डट कम, चैनपुर, संखुवासभा बहुमुखी क्याम्पस चैनपुर स्थित नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभिति द्धारा एक कार्यक्रमका वीच प्राथमिक उपचार वाकस (फस्टएड) बाकस प्रदान गरेको थियो ।


नेविसंघ क्याम्पस इकाई समितिका उपसभापति अन्सु खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राथमिक उपचारका सामग्रीहरु सहितको उक्त वासक आज शनिवार युवा रेडक्रस सर्कल संखुवासभा बुहुमुखी क्याम्पस इकाइको लागि क्याम्पस प्रमुख चुडाबहादुर कटुवाललाई हस्तान्तरण गरेको नेविसंघ संखुवासभा बहुमुखी क्याम्पस इकाई अध्यक्ष भरत अधिकारीले जानकारी दिनुभयो ।

प्यारासिटामोल, हेण्डग्लोवस, डिस्पोजल माक्स, डि–पेन, वेण्डीज, बेटाडिन, आइ–ड्रप, लगायतको औषधी तथा स्वास्थ्य सामग्री सहितको प्राथमिक उपचार बक्स प्रदान गरेको कार्यक्रमका सभापति अंशु खत्रीले जानकारी दिनुभयो । यसै गरी केही दिन अघि नेविसंघले क्याम्पसलाई सेनिटरी प्याड समेत प्रदान गरेको सभापति खत्रीले जानकारी दिनुभयो । विद्यालयहरुलाई नगरपालिकाद्धारा सेनेटरी प्याड उपलब्ध गराए पनि क्याम्पसमा त्यो सुविधा उपलब्ध नभएको जनाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.