Websoft University

लागुऔषध सहित ३ जना पक्राउ


झापा, बैशाख १० गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका(१० स्थितबाट २ जना र मेचीनगर नगरपालिका ६ काँकरभिट्टाबाट १ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर १० स्थित राजमार्गमा WB 74Y 7782, नम्वरको स्कुटरलाई रोकी चेक जाँच गर्दा स्कुटर चालक मेचीनगर ६ का ३२ बर्षीय निशान थापा र स्कुटर पछाडि सवार रहेकी भारत सिलिगुढी बस्ने २७ बर्षीया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागुऔषध   NITROSUN-10  ९५-चक्की र Pyeevon Spas plus २०८  २०८ क्याप्सुल फेला परेको हो ।

यसै गरी आज बिहान सवा १० बजे  काँकरभिट्टा स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बुढानिलकण्ठ नगरपालिका(२ काठमाण्डौका ३९ बर्षीय मोहन बहादुर पाईजा मगरको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.