काठमाडौं, चैत २८ गते। रातो तारा डट कम,पत्रकार महासंघको ६७ औं स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । ललितपुरको नेशनल स्र्पोट्स सेन्टरमा आयोजित प्रतियोगिताको अन्तिम ४ मा प्रवेश पाउने टोलीमा न्युज २४ टेलिभिजन, टीम शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखा छन् ।
पहिलो क्वार्टरफाइनलमा न्युज २४ ले नेपाल खेलकुद पत्रकार मञ्चलाई ५–३ गोल अन्तरले हरायो । त्यस्तै टीम शिलापत्रले दोस्रो क्वार्टरफाइनलमा फोटो जर्नलिष्ट क्लवलाई ४–३ ले पराजित ग¥यो । पत्रकार महासंघ कास्की शाखाले नेपाल चलचित्र पत्रकार संघलाई २ का विरुद्ध १० गोलले हरायो । सो खेलमा कास्कीका पूर्ण न्यौपाने एक्लैले ५ गोल गरे । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा महासंघको ललितपुर शाखाले नयाँ पत्रिका दैनिकलाई ४–१ ले पाखा लगायो । सो खेलमा परिवेश पोखरेलले ललितपुरका लागि ४ गोल गरेका थिए ।
पहिलो सेमिफाइनलमा भोलि न्युज २४ र कास्की तथा दोस्रोमा टिम शिलापत्र र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो । उद्घाटन खेलमा नेपाल खेलदकुद पत्रकार मञ्चले हाम्रो सञ्चार डट कमलाई ५–३ ले हराएको थियो । त्यस्तै न्युज २४ ले ईकागजलाई १६–० को अन्तरमा हरायो । सो खेलमा न्युज २४ का सुरज महर्जन एक्लैले ७ गोल गरे । ग्यालेक्सी फोरके टेलिभिजन अनुपस्थित भएपछि पिजे क्लवले बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । चौथो खेलमा टिम शिलापत्रले महासंघको काठमाडौं शाखालाई ६–४ ले हराएको थियो । अनलाइन खबर अनुपस्थित भएपछि महासंघको कास्की शाखाले बाई पायो । चलचित्र पत्रकार संघले नेपाल टेलिभिजनमाथि ६–२ गोल अन्तरको जित निकाल्यो । महासंघको ललितपुर शाखाले प्रेस चौतारी रुपन्देहीलाई ६–० ले हरायो । प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा नयाँ पत्रिकाले पत्रकार महासंघ सिन्धुपाल्चोक शाखालाई १–० ले हराएको थियो ।
बिमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता छ । नेपाल बंैक लिमिटेड, महालक्ष्मी बिकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका छन् । नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद प्राप्त गर्नेछन् । बिधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने फुटसल प्रतियोगिताका संयोजक एवं पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्यले जानकारी दिए ।
Post a Comment