Websoft University

अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ ः तेश्रो खेलमा जहदा–२ विजयी


विराटनगर । रातो तारा डट कम, मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को सोमबारको तेश्रो खेलमा जहदा–२ ले सफलता हात पारेको छ ।


जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–२ ले जहदा–३ लाई ४ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको जहदा–३ ले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाई १६५ रनको स्कोर खडा गरेको थियो । जहदा–३ का लागि भोला राजवंशीले सर्वाधिक ३६ रन जोडदा मुकेश ऋषिदेवले ३० र इरसाद आलमले २७ रनको योगदान दिएका थिए । जहदा–२ का लागि सुरज ऋषिदेवले ५ विकेट लिँदा अखिलेश मण्डलले २, अभिनाश मण्डलले १ र विकास मण्डलले १ विकेट लिएका थिए ।

१६६ रनको लक्ष्य पाएको जहदा–२ ले १६ औं ओभरको प्रगतिमा ६ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । जहदा–२ का ‘म्यान अफ द म्याच’ अरुण मण्डलले ६० रन बनाउँदा अभिषेक मण्डलले ३४ र मिथुन ऋषिदेवले २८ रन जोडेका थिए । जहदा–३ का लागि मुकेश ऋषिदेवले २ विकेट लिँदा रोहन राजवंशी, प्रदीप राजवंशी र भोला राजवंशीले १÷१ विकेट लिएका थिए ।

लिगकम नकआउटको आधारमा बैशाख ३ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टको चौथो खेल चैत्र २९ गते मङ्गलबार जहदा–६ र आयोजक लक्ष्मिनिया युवा क्लबबिच हुने जनाईएको छ । आयोजकका अनुसार जहदा गाउँपालिकाका ७ वटै वडाको सहभागिता रहेको टुर्नामेन्टको फाईनल खेल बैशाख ३ गते हुनेछ । खेलको विजेता तथा उप–विजेताले भने क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्नेछन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.