Websoft University

गिरिजा प्रसाद कोइरालाको स्मृतिमा तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता चैतमा हुने


बिराटनगर । रातो तारा डट कम, स्वर्गिय शिखर पुरुष गिरिजा प्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आगामी चैत्र महिनामा प्रदेश नम्बर एकको राजधानी विराटनगरमा आयोजना हुने भएको छ । शहिद मैदानमा हुने प्रतियोगिता चैत्र ८ देखी १२ सम्म संचालन हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जनाएका छन । गत बैशाखमा हुने भनिएको यो प्रतियोगिता कोरोना माहामारीका कारण स्थगित भएको थियो ।

यसअघि वि।सं २०७५ मा प्रतियोगिताको पहिलो संस्करण झापा तथा दोस्रो संस्करण २०७६ को माघमा विराटनगरमा आयोजना भएको थियो । झापामा भएको प्रतियोगिताको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो । विराटनगरमा भएको दोस्रो संस्करणको रोमान्चक फाईनलमा प्रदेश ५ ले अघिल्लो संस्करणको विजेता गण्डकी प्रदेशलाई पेनाल्टी सुटमा ५–३ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघले जनाएको छ । नेपाल हकी टोली हाल विश्व वरियतामा ८२ औं स्थानमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.